देउवाको गृह जिल्लाको अधिवेशन अस्वीकार गर्ने पौडेल पक्षको निर्णय
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको वडा अधिवेशन अस्वीकार गर्ने निर्णय गरेको छ । सोमबार पार्टी कार्यालय सानेपामा बैठक गरेर पौडेल समूहले सभापति देउवाको गृह जिल्लाको वडा अधिवेशन अस्वीकार गर्न निर्णय गरेको हो ।
डडेल्धुरामा भदौ २५ गते भएको वडा अधिवेशन निष्पक्ष नभएको पौडेल समूहको ठहर छ ।
तल्लो तहबाट सिफारिस क्रियाशील सदस्य हटाउने र थप्ने काम आपत्तिजनक भएको पौडेलले बताए ।
काँग्रेसमा क्रियाशील सदस्यता विवादका कारण २० जिल्लामा वडा अधिवेशन समेत अनिश्चित छ ।
देउवाको गृह जिल्लामा जिल्ला कार्यसमिति र वडा समितिले बहिस्कार गरेको पौडेलको भनाइ छ । यसले काँग्रेसको १४ ओैं महाधिवेशन निष्पक्ष हुनेमा आशंका उब्जिएको पौडेलले बताए ।
डडेल्धुरामा सबैलाई समेटेर फेरि वडा अधिवेशन गर्नुपर्नेमा पौडेल पक्षको जोड छ । २५ गते भएको वडा अधिवेशनलाई मान्यता नदिन काँग्रेसको निर्वाचन समितिसँग माग गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण