गाडीमा छुटेका सुनका गहना यात्रुलाई बुझाइयो
सोमबार, २८ भदौ २०७८, १५ : ४४
धनगढीदेखि महेन्द्रनगर आउने क्रममा से १ ज ८६३ नम्बरको यात्रुबाहक गाडीमा छुटेका सुनका गहना आज यात्रुलाई बुझाइएको छ । भीमदत्त नगरपालिका– १८ बागफाँटा बस्ने वर्ष २३ का तारा विकले गाडीमा यात्रा गर्ने क्रममा सुनका गहना छुटाउनुभएको थियो । छुटेका गहना गाडी चालकले फेला पारी जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो । प्रहरी कार्यालयमा बुझाएका गहना गाडी चालक दानबहादुर ऐरमार्फत विकलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए ।
बुझाइएका सुनका गहनामा छडके तिलहरी एक थान, सुनका बाला दुई थान, चन्द्रमा एक थान र औँठी दुई थान रहेका छन् । गहनासँगै रहेको नगद रकम रु एक हजार समेत विकलाई बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि, अध्यादेश र जातीय विभेदको गोलचक्करमा संसद्
-
यस्तो छ बजेटको अर्धवार्षिक समीक्षा (पूर्णपाठसहित)
-
हेटौंडाको फोहोर संकलन बन्द
-
बजेटको आकार १ खर्ब ६८ अर्बले घट्यो
-
म कुलमानविरुद्ध हैन, अन्यायविरुद्ध अदालत गएको थिएँ : हितेन्द्रदेव शाक्य
-
धरौटीमा छुटेपछि रविले भने– यो परिवर्तन जन्मिने बेलाको पीडा हो, परिवर्तन जन्मिएरै छोड्छौँ