बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

१७ नाति–नातिनाकी हजुरआमाले २४ वर्षका प्रेमीसँग गरिन् विवाह, यौन जीवनबारे जोडीले यसो भने

सोमबार, २८ भदौ २०७८, १५ : ३७
सोमबार, २८ भदौ २०७८

प्रेममा डुबेका व्यक्तिहरुका लागि त उमेर एक नम्बर मात्रै हो । १७ नाति नातिनाकी हजुरआमाले यो भनाईलाई चरितार्थ गरेकी छिन् । ६१ वर्षकी शेरिल मेकग्रेगरले २४ वर्षका कुरैन मेककेनलाई आफ्नो सहयात्री बनाएकी छिन् । यी दुईको विवाह मानिसहरुले टिकटक लाइभमा हेरे । एक अर्कालाई असाध्यै माया गर्ने यो जोडीको उमेरमा करिब ३७ वर्षको अन्तर छ ।

शेरिलको कान्छी छोरीभन्दा पनि कुरैन कान्छा छन् । यी दुईले आफ्नो यौन जीवन असाध्यै राम्रो भएको बताउँदै आफूहरुबीचको केमेस्ट्री उत्कृष्ट भएको जानकारी दिए ।

शेरिल र कुरैनको विवाहको विषयमा सोसल मिडियाका प्रयोगकर्ताले विभिन्न कमेन्ट गरिरहेका छन् । अनलाइनमा पोस्ट हुने नकारात्मक कमेन्टले आफूलाई दुःखी बनाउने गरेको शेरिल बताउँछिन् । उनले आफ्नो जीवनका विभिन्न भिडियो सेयर गर्ने गर्छिन् र त्यस्ता कमेन्टलाई सकेसम्म वास्ता नगर्न पनि प्रयास गर्छिन् ।

कुरैनले भने, ‘हामीबीच उमेरको भिन्नता भएता पनि मलाई कहिल्यै त्यस्तो महसुस हुँदैन किनभने शेरिलको आत्मा र मन निकै जवान छ । ’

‘मानिसहरुबीच सबैभन्दा ठूलो भ्रम के छ भने मैले शेरिललाई प्रयोग गरिरहेको छु ।’

शेरिल भन्छिन्, ‘यो अनुभव निकै भिन्न छ । उत्साहित पारिदिने खालको । उनी मप्रति असाध्यै दयालु छन् । मलाई लाग्छ, उनी जवान  भएर पनि यस्तो भएको होला ।’

‘मैले उनीसँग भएजस्तो कसैसँग पनि महसुस गर्न सकिनँ । उनी निकै भावुक छन् र यो कुरा मैले यसअघि अनुभव गर्न पाएकी थिइनँ । तिनीहरु असाध्यै रिसाहा थिए र यिनी भने निकै राम्रो किसिमले भावुक छन् । उनले मलाई केयर गर्छन् भनेर सधैं महसुस गराउँछन् ।’

डेली मेलका अनुसार यो जोडीको पहिलो भेट सन् २०१२ मा जर्जिया, रोममा फास्ट फूड रेष्टुरेन्ट डेरी क्विनमा सँगै काम गर्ने बेला भएको हो ।

शेरिलका छोरा क्रिस कुरैनका म्यानेजर थिए । शेरिल छोरा भेट्न वा खाना खान त्यहाँ जाने गर्थिन् । कुरैन त्यतिबेला १५ वर्षका थिए । यी दुईबीच त्यतिबेला कुनै रोमान्टिक सम्बन्ध थिएन ।

‘हामीले एक–अर्काबारे खासै सोच्दैनथ्यौं । उनले निलो क्यारेरा चलाउँथिन् । उनीबारे मलाई यत्ति एउटा कुरा थाहा थियो,’ कुरैनले भने ।

त्यसपछि कुरैनले त्यहाँको काम छोडे र यी दुईबीच कुनै रुपमा पनि सम्पर्क भए । तर अघिल्लो वर्षको नोभेम्बर ४ मा कुरैन एक स्टोरमा गए जहाँ शेरिल क्यासियरको रुपमा कार्यरत थिइन् ।

कुरैनले भने, ‘मैले उनलाई सधैं देख्थेँ । उनी सधैं खुसी देखिन्थिन् तर एकदिन उनी दुःखी देखिइन् । मैले उनलाई केही समस्या छ भनेर सोध्दा, उनी रोइन् ।’

शेरिलले आफूले टिकटकमा नाचिरहेको एउटा भिडियो पोस्ट गरेको र त्यसमा धेरैले नकारात्मक कमेन्ट गरेकोमा उनी दुःखी थिइन् । उनले शेरिललाई सम्झाए ।

उनीहरु एक–अर्कासँगको सम्पर्कमा आए । दुईजना सँगै नाचेर भिडियो पोस्ट पनि गरे जुन टिकटकमा भाइरल भयो ।

यसै क्रममा यी दुई थप नजिकिए र  यी दुईबीच रोमान्टिक सम्बन्ध सुरु भयो ।

‘हामी आध्यात्मिक स्तरमा जोडिएका छौं,’ कुरैनले भने ।

‘स्थिति जस्तो सुकै होस् हामी एक–अर्काको वरिपरि हुँदा आपसमा बाँधिएको महसुस  गर्छौं । एक किसिमको छुट्टै भाइभ्स आउँछ ।’

कुरैन र शेरिल दुबैले आफ्नो यौन जीवन निकै उत्कृष्ट भएको बताउने गर्छन् ।

कुरैन भन्छन्, ‘प्रत्येक पटक यो उत्कृष्ट हुँदै गइरहेको छ ।’

‘यो साधारण नै छ, साधारणभन्दा भिन्न त खासै केही छैन तर मेरा लागि यो असाधारण छ ।’

‘उनलाई आफू के गरिरहेको थाहा छ, यो नै उनको उत्कृष्ट पाटो् हो ।’

शेरिल कुरैनकी हजुरआमाभन्दा ६ वर्ष मात्रै कान्छी छिन् । उनी कुरैनका हजुरबुवाभन्दा ८ वर्ष कान्छी छिन् ।

उनकी कान्छी छोरी कुरैनभन्दा तीन वर्ष जेठी छिन् । उनी हाल २९ वर्षकी भइन् ।

कुरैनले भने, ‘कसैले पनि हामीलाई स्वीकार गरिरहेको थिएन । हामीले ठट्टा गरिरहेको होला भनेर सबैले सोच्थे वा यो कुनै खेलको हिस्सा भएको होला भनेर पनि ठान्थे ।’

आमाले आफूभन्दा धेरै नै कान्छो र अश्वेत व्यक्तिलाई डेटिङ गरेको भन्दै उनका सात सन्तानमध्ये केहीले उनको आलोचना पनि गरे ।

‘उनी निकै दुःखी थिइन् । दुःखी यसकारण किनभने उनले आफ्ना सन्तानलाई यस्तो सोचसहित हुर्काएकी थिइनन् ।’

आफ्नो परिवारले भने आफ्नो सम्बन्ध स्वीकार गरेको कुरैनले बताए ।

शेरिलले सोसल मिडियामा यति धेरै घृणा पाइन् कि उनलाई टिकटक अकाउन्टमा प्रतिबन्ध नै गरियो ।

कुरैनले भने, ‘नाचिरहनका लागि हामीले थप दुईवटा अकाउन्ट बनाउनुप–यो ।’

विवाहको दिन शेरिल नयाँ दुलही झैं सजिएकी थिइन् । उनले आफ्नो ह्वाइट वेडिङ ड्रेसलाई चम्किलो नेलपेन्टसहित टिमअप गरेकी थिइन् । उनले आफ्नो सुनौलो कपललाई कर्ल गरेकी थिइन् । कुरैनले एउटा अफ ह्वाइट रङको सुट लगाएका थिए ।

विवाहपछि कुरैनले भने, ‘हामी दुईले टेनेसी (अमेरिका) मा विवाह ग–यौं । विवाहका बेला मेरी एक साथी पनि त्यहाँ थिइन् । एक अर्काको हात थामेपछि हामीले निकै मिठो खाना खायौं । त्यसपछि हामी आफ्नो होटल गयौं, त्यहाँ हामीले करिब दुई घण्टा असाध्यै राम्रो समय बितायौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप