एमसीसी पारित भए नेपाल सिरिया बन्छ : गजुरेल
नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सीपी गजुरेलले एमसीसी संसदबाट पारित भए नेपाल खरानी हुने बताएका छन् । सोमबार काठमाडौमा एमसिसीविरुद्ध भएको विरोध सभालाई सम्बोधन गर्दै नेता गजुरेलले अमेरिकाले नेपाललाई अखडा बनाएर चीनसँग लड्न चाहेको र त्यसो भए नेपाल खरानी बन्ने बताएका हुन् ।
‘अमेरिकालाई चीनविरुद्ध लड्न नेपालजस्तो सहज ठाउँ अरु छैन । चीनलाई घेर्न र लड्न अमेरिका यहाँ आउन चाहन्छ’ गजुरेलले भने, ‘एमसीसी संसदबाट पारित भएपछि अमेरिकाले ल्याएको कुनैपनि समान चेक गर्न पाइँदैन, एमसीसीका नाममा अमेरिकी उसको सेना ल्याएर चीनका विरुद्ध लड्ने अखडा बनाउँदैछ ।’ नेपालबाट चीनमा मिसाइल जान थाले भने सी जिनपिङ हेरेर नबस्ने भन्दै त्यसबेला चीनले प्रतिकार गर्ने भएकाले नेपाल विदेशीको रण मैदान बन्ने निश्चित भएको दावी गरे । ‘त्यसरी युद्ध भयो भने नेपाल खरानी बन्छ, हामी त्यसो गर्न दिँदैनौ, नेपाललाई हामी सिरिया बनाउन चाहँदैनौ’ गजुरेलको भनाई छ ।
सोही कार्यक्रममा नेता गजुरेलले राष्ट्रियताको आन्दोलनका लागि सवै शक्तिसँग मिल्न आवश्यक रहेको बताए । ‘राष्ट्रियताको विषयमा देशभक्तहरू एक हौ’ गजुरेलले आव्हान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेपालमा पानी जहाज चलाउने कुरामा ठट्टा गरे, अहिले आवश्यक लाग्न थाल्यो’
-
भियतनाममा पनि पोखराकै जस्तो बेलुन विस्फोट, जन्मदिन मनाउँदा भयो यस्तो घटना
-
‘आवश्यक जनशक्ति नहुँदा जयनगर-जनकपुर रेल्वे सेवा घाटामा’
-
देउवाद्वारा सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा १० सदस्य मनोनीत
-
भारत, भूटान र माल्दिभ्सका एनसिसी भ्रमण टोली प्रतिनिधि प्रधानमन्त्री भेट्न बालुवाटारमा
-
पूर्वराजा ज्ञानेन्द्रलाई वर्षमानको चेतावनी : तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ