शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी पारित भए नेपाल सिरिया बन्छ : गजुरेल

सोमबार, २८ भदौ २०७८, १५ : ३५
सोमबार, २८ भदौ २०७८

नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सीपी गजुरेलले एमसीसी संसदबाट पारित भए नेपाल खरानी हुने बताएका छन् । सोमबार काठमाडौमा एमसिसीविरुद्ध भएको विरोध सभालाई सम्बोधन गर्दै नेता गजुरेलले अमेरिकाले नेपाललाई अखडा बनाएर चीनसँग लड्न चाहेको र त्यसो भए नेपाल खरानी बन्ने बताएका हुन् ।

‘अमेरिकालाई चीनविरुद्ध लड्न नेपालजस्तो सहज ठाउँ अरु छैन । चीनलाई घेर्न र लड्न अमेरिका यहाँ आउन चाहन्छ’ गजुरेलले भने, ‘एमसीसी संसदबाट पारित भएपछि अमेरिकाले ल्याएको कुनैपनि समान चेक गर्न पाइँदैन, एमसीसीका नाममा अमेरिकी उसको सेना ल्याएर चीनका विरुद्ध लड्ने अखडा बनाउँदैछ ।’ नेपालबाट चीनमा मिसाइल जान थाले भने सी जिनपिङ हेरेर नबस्ने भन्दै त्यसबेला चीनले प्रतिकार गर्ने भएकाले नेपाल विदेशीको रण मैदान बन्ने निश्चित भएको दावी गरे  । ‘त्यसरी युद्ध भयो भने नेपाल खरानी बन्छ, हामी त्यसो गर्न दिँदैनौ, नेपाललाई हामी सिरिया बनाउन चाहँदैनौ’ गजुरेलको भनाई छ ।

सोही कार्यक्रममा नेता गजुरेलले राष्ट्रियताको आन्दोलनका लागि सवै शक्तिसँग मिल्न आवश्यक रहेको बताए । ‘राष्ट्रियताको विषयमा देशभक्तहरू एक हौ’ गजुरेलले आव्हान गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप