एमसीसी पारित भए नेपाल सिरिया बन्छ : गजुरेल
नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सीपी गजुरेलले एमसीसी संसदबाट पारित भए नेपाल खरानी हुने बताएका छन् । सोमबार काठमाडौमा एमसिसीविरुद्ध भएको विरोध सभालाई सम्बोधन गर्दै नेता गजुरेलले अमेरिकाले नेपाललाई अखडा बनाएर चीनसँग लड्न चाहेको र त्यसो भए नेपाल खरानी बन्ने बताएका हुन् ।
‘अमेरिकालाई चीनविरुद्ध लड्न नेपालजस्तो सहज ठाउँ अरु छैन । चीनलाई घेर्न र लड्न अमेरिका यहाँ आउन चाहन्छ’ गजुरेलले भने, ‘एमसीसी संसदबाट पारित भएपछि अमेरिकाले ल्याएको कुनैपनि समान चेक गर्न पाइँदैन, एमसीसीका नाममा अमेरिकी उसको सेना ल्याएर चीनका विरुद्ध लड्ने अखडा बनाउँदैछ ।’ नेपालबाट चीनमा मिसाइल जान थाले भने सी जिनपिङ हेरेर नबस्ने भन्दै त्यसबेला चीनले प्रतिकार गर्ने भएकाले नेपाल विदेशीको रण मैदान बन्ने निश्चित भएको दावी गरे । ‘त्यसरी युद्ध भयो भने नेपाल खरानी बन्छ, हामी त्यसो गर्न दिँदैनौ, नेपाललाई हामी सिरिया बनाउन चाहँदैनौ’ गजुरेलको भनाई छ ।
सोही कार्यक्रममा नेता गजुरेलले राष्ट्रियताको आन्दोलनका लागि सवै शक्तिसँग मिल्न आवश्यक रहेको बताए । ‘राष्ट्रियताको विषयमा देशभक्तहरू एक हौ’ गजुरेलले आव्हान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण