सरकारले ६ वटा उद्योगलाई प्रोत्साहन गर्दा २४ उद्योगलाई बेवास्ता
सरकारले प्रतिस्थापन विधेयकमार्फत स्पञ्ज आइरनको आयातमा छुटमाथि छुटको व्यवस्था गरेपछि डण्डी उद्योगीले त्यसको विरोध गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार बजेट पेश गर्दै स्पञ्ज आइरनको आयात गर्दा शून्य प्रतिशत भन्सार र शून्य प्रतिशत अन्तःशुल्कको व्यववस्था गरेका थिए ।
बजेटमार्फत यस्तो व्यवस्था आएपछि फलामे बिलेट ल्याएर डण्डी बनाउने उद्योगीहरु रुष्ट भएका हुन् । आज बिलेटमार्फत डण्डी बनाउने उद्योगीहरुले पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारको उक्त निर्णयले देशका ३० वटा स्टील उद्योगमध्ये २४ वटा उद्योग मर्ने बताएका छन् ।
सरकारले बजेटमार्फत पत्रु फलाम पगालेर। फलामे छड उत्पादन गर्ने र सोमा चाहिने कच्चा पदार्थ (स्पञ्ज आइरन)मा छुट दिएसँगै बिलेटको भन्सार दर बढाएको छ । बिलेटको आयात गर्दा ४.७५ प्रतिशत भन्सार र प्रति मेट्रिक टन १६५० रुपैयाँबाट बढाएर २५ सय भन्सारदर पुर्याएको छ ।
यस्तो व्यवस्थाले नेपालका २४ वटा उद्योग धरासायी हुने र यस क्षेत्रमा गरिएको करिब १ खर्ब लगानी डुब्ने उद्योगीहरुले बताए । यस्तै, ती उद्योगबाट करिब ७ हजार जनाको रोजगारी समेत गुम्ने उद्योगीको भनाइ छ ।
सरकारले बजेटमार्फत ल्याएको नयाँ व्यवस्थाको विरोध कार्यक्रममा रोलिङ मिल्सका उपाध्यक्ष किरण शाःख, पूर्व अध्यक्ष प्रदीप कुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, अन्जन श्रेष्ठ र शिव रतन सारडा लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण