संवैधानिक निकायका पदाधिकारी नियुक्ति विवाद : अधिवक्ता अर्यालद्वारा पूरक निवेदन दर्ता
अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक निकायका पदाधिकारी नियुक्ति विवादमा आफूले दिएको रिटको सुनुवाइको माग गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएका छन् । अधिवक्ता अर्यालले सोमबार सर्वोच्च अदालतमा पुरक निवेदन दर्ता गराएका हुन् । अर्यालले आफुले दिएको रिटको सुनुवाइ तत्काल सञ्चालन गरी प्रारम्भिक सुनुवाइ बाटै निरन्तर सुनुवाइ गर्न आदेश माग गरेका हुन् ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशअनुसार विभिन्न संवैधानिक निकायमा गरेको नियुक्ति बदरको माग गर्दै अर्यालले सर्वोच्चमा रिट दायर गरेका थिए । अर्यालको रिटको सुनुवाइ न्यायाधीश हरि फुयालको एकल इजलासको आदेशपछि रोकिएको थियो । सो रिटका सम्बन्धमा संवैधानिक इजलासमा सुनुवाइ तोकिएको थियो ।
अध्यादेशअनुसारको संवैधानिक नियुक्तिमा प्रधानन्यायाधीशको पनि संलग्नता रहेको भनी इजलासमै प्रश्न उठेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण