अमेरिका एमसीसीमार्फत नेपालमा प्रभुत्व जमाउन चाहान्छ : सीपी मैनाली

नेकपा मालेका महासचिव सीपी मैनालीले साम्राज्यवादी मुलुक अमेरिकाले नेपालमा आफ्नो प्रभुत्व जमाउन एमसीसी अघि सारेको बताएका छन् । सोमबार काठमाडौमा आयोजित एमसीसी विरुद्धको विरोधसभालाई सम्बोधन गर्दै महासचिव मैनालीले सोही योजनाअनुसार हालै एमसीसी उपाध्यक्ष फातिमा सुमार नेपाल आएको दावी समेत गरे । ‘उपाध्यक्ष नेपाल आएर म्याद बढाएर गएकी छन् । दलाल र अनुचरलाई पारित गर्न कमिटमेन्ट गराएर गएकी छन् । त्यसकारण एमसीसी विरुद्धको आन्दोलनलाई अघि बढाउनुपर्छ’, मैनालीको भनाइ छ ।
उनले भने, ‘अमेरिकी साम्राज्यवादी शक्तिले नेपालमा आफ्नो प्रभुत्व जमाउन एमसीसी अघि सारेको छ, सोही अनुसार एमसीसी उपाध्यक्ष हालै नेपाल आएर विभिन्न नेताहरुलाई दवाव दिइन् र एमसीसी सम्झौता परिमार्जन नहुने बताइन्’, मैनालीले नेपालमा बाह्य हस्तक्षेप तीव्र बनेको यो एक उदाहरणमात्र भएको बताए । ‘अमेरिका एमसीसीमार्फत सैनिक, आर्थिक र राजनीतिक प्रभुत्व जमाउन चाहान्छ’, मैनालीको भनाइ छ ।
उनले एमसीसी सम्झौता गर्नेहरु घुच्चुकमा आँखा भएको टिप्पणी समेत गरे । उनले अमेरिका नेपालमा एमसीसी जसरी पनि पारित गराउन लागिपरेको भन्दै एमसीसीका नाममा नेपालमा एमसीए शाखा कार्यालय खोलेर भइरहेको खर्च नेपालकै भएको बताए । घुमाइ फिराई अनुदान र विकास गर्न आएको भनेर अमेरिकाले भनेपनि त्यो अनुदान नै भएको भए संसदबाट पारित गर्न किन दवाव दिएको भन्ने प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू