शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फ्लोरिडा ओपनमा सञ्जीवलाई दोहोरो स्वर्ण

सोमबार, २८ भदौ २०७८, १४ : ५३
सोमबार, २८ भदौ २०७८

नेपालका सञ्जीव नेपालीले १४औँ फ्लोरिडा ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा पुम्सेतर्फ दुई स्वर्ण पदक जितेका छन् । ​फ्लोरिडाको ओङ तेक्वान्दो एकेडेमीको आयोजना भएको च्याम्पियनसिपमा सञ्जीवले ३० देखि ४० वर्ष मुनि उमेर समूहको स्पोर्ट्स र  ट्रेडिसनलपुम्सेमा स्वर्ण जितेका हुन् । सञ्जीवले स्पोर्ट्स तर्फ अमेरिकाका क्लेभ कोलाडोलाई हराउँदै स्वर्ण जितेका हुन् ।

सञ्जीवले ६ अङ्क बटुल्दा क्लेभले ४.९३४ अङ्क जोडेका थिए । प्रेम दर्नालले ट्रेडिसनल पुम्सेमा स्वर्ण जित्दा स्पोर्टस् पुम्सेमा भने रजत पदकमै चित्त बुझाए । स्पोर्टस् पुम्सेमा स्विट्जरल्यान्डका डे फ्रेइटा फान्कोईले प्रेमलाई पछि पार्दै स्वर्ण जिते । फ्रान्कोईले ६.५१ अङ्क बटुल्दा प्रेमले ५.८१ अङ्क जोडेका थिए ।

यसै च्याम्पियनसिपमा नेपालका अर्की खेलाडी सन्दीपा अमगाईंले स्पोर्टस् पुम्सेमा कास्य र ट्रेडिसनल रजत पदक जितिन् । स्पोर्टस् पुम्सेमा स्वर्ण विजेता अमेरिकाकी नाटलिया मुनेटनले ६.९६ अङ्क र रजत विजेता फ्रान्सकी ज्लाटकोभिच टमराले ६.१५ अङ्क बटुलेका थिए । सन्दीपाले भने ५.४५ अङ्क जोडेपछि कांस्य पदकमा खुम्चिन बाध्य भइन् ।

ट्रेडिसनल तर्फ भने उनी रजत पदक जित्न सफल भइन् । गत सेप्टेम्बर ११ देखि भएको च्याम्पियनसिपमा नेपालसहित अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, फ्रान्स, स्विट्जरल्यान्ड र स्लोभानियालगायत राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।१४औँ संस्करण भने अनलाइनमा हुँदा पुम्से, भर्चुअल स्पाइरिङ, स्पिड किकिङ, ब्रेकिङ, विपन र पारा तेक्वान्दोको प्रतिस्पर्धा भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप