शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाँच दिनदेखि सिमकोट अन्धकारमा

सोमबार, २८ भदौ २०७८, १४ : ४३
सोमबार, २८ भदौ २०७८

हुम्लाको सिमकोट र खार्पुनाथ गाउँपालिका विद्युत् सेवा अवरुद्ध हुँदा पाँच दिनदेखि यहाँका नागरिक अन्धकारमा बस्दै आएका छन् । बुधबार रातिदेखि हेल्दुङ वितरण केन्द्रले मर्मतका लागि बन्द गर्दा यहाँका सेवाग्राहीले पुरानै सल्लाको दियालोका भरमा रात कटाउनुपरेको छ । 

हिल्दु साना जलविद्युत् आयोजनाद्वारा विद्युत् आपूर्ति बन्द हुँदा सिमकोटमा सञ्चालित इलेक्ट्रोनिक पसल व्यवसायी र सरकारी तथा गैरसरकारी कार्यालयमा सेवा प्रवाह गर्न समेत थप समस्या बनेको छ । यसबाट मोबाइल चार्जदेखि अन्य विद्युतबाट गरिने कार्य प्रभावित भएका हुन् । सिमकोटमा रहेका एक दर्जन बढी बैंक तथा वित्तीय संस्थालाई दैनिक काममा बाधा पुगेको छ । 

यस्तै नेपाल टेलिकम शाखा हुम्लाले विद्युत् सेवा अवरुद्ध हुँदा जेनेटरबाट टेलिकमका सम्र्पूण सेवा सञ्चालन गरिरहेको छ । विद्युत् नहुँदा राति १० देखि बिहान ६ बजेसम्म टेलिकमका सम्पूर्ण सेवा बन्द हुने गरेका छन् । कार्यालयमा रहेका सोलार सिस्टमले काम नगर्दा जेनेटरको प्रयोग गरेर सेवा प्रवाह गरिरहेको बताइएको छ । 

सिमकोटमा रहेका दुई सामुदायिक रेडियोलाई प्रत्यक्ष प्रशारणमा थप समस्या बनाएको छ । सिमकोटमा रहेका सामुदायिक रेडियो कर्णाली आवाज र रेडियो कैलाश एफ एमको नियमित प्रसारणमा विद्युत् आपूर्ति बन्द हुँदा बन्द गर्नु परेको छ । दैनिक दश घण्टा सञ्चालन गर्दै आएका जिल्लाका सामुदायिक रेडियोले आफ्नो प्रशारणलाई बाधा पुगेको रेडियो कर्णाली आवाजका निमित्त स्टेशन इन्चार्ज सुरेश परियारले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप