शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बूढो बाघ अर्थात् ज्लाटान इब्राहिमोविच !

सोमबार, २८ भदौ २०७८, १४ : ३७
सोमबार, २८ भदौ २०७८

लाजियोविरुद्ध गोल गर्दै ज्लाटान इब्राहिमोविच इटालियन सिरिए ए मा गोल गर्ने सबैभन्दा धेरै उमेरका विदेशी खेलाडी बनेका छन् । चार महिना चोटका कारण बाहिर रहेका ३९ वर्षीय स्वडिसी स्ट्राइकरले मिलानको दोस्रो गोल गरेका थिए ।

३९ वर्ष ३४४ दिन उमेर भएका ज्लाटानले ब्रुनो आल्भेसको रेकर्ड तोड्न सफल भए । म्यानचेस्टर युनाइटेड, बार्सिलोना, इन्टर मिलान र युभेन्टसका पूर्व खेलाडीले योसँगै पछिल्ला २४ लिग सिजनमा गोल गर्न सफल भएका छन् । उनले पहिलोपटक सन् १९९८–९९ मा स्वडिसी लिगमा गोल गरेका थिए ।

‘इब्रा कहिलेपनि बुढो हुँदैनन् । उनीसँग अथाह जोश छ, अझै पनि उनीभित्र आगो बलिरहेको छ,’ मिलानका प्रशिक्षक स्टेफानो पिओलीले भने, ‘उनी जित्नका लागि प्रतिस्पर्धा गर्छन् । उनी सधैँ अधिकतम प्रशिक्षण गर्छन् ।’

मिलानले अब बुधबार च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा लिभरपुलको सामना गर्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप