बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा बैठक : कुर्सीमा बसेनन् एमाले सांसद

सोमबार, २८ भदौ २०७८, १४ : २८
सोमबार, २८ भदौ २०७८

राष्ट्रियसभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरु आफ्नो आसनबाट उठेर विरोध जनाएका छन् । प्रतिनिधिसभाका १४ सांसदलाई नेकपा एमालेले कारवाही गरेको र उक्त कारबाहीअनुसार सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरेको भन्दै एमालेका सांसदहरुले बैठकमा विरोध जनाएका हुन् ।

बैठकको सुरुमै राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्दै सरकारले नेकपा एमाले फुटाएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले समेत एमालेबाट कारवाही गरेका सांसदहरुको सम्बन्धमा सूचना टाँस नगरी दल विभाजन गराउन भूमिका निर्वाह गरेको भन्दै आपत्ति जनाए ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले एमालेका सांसदहरुलाई बस्न आग्रह गरे पनि उनीहरु उठिरहेकै अवस्था बैठकलाई अघि बढाएका थिए । सोही क्रममा प्रतिनिधिसभाले सुझावसहित पठाएको लोकसेवा आयोग विधेयक २०७५ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गरिएको छ ।

सोमबारै बसेको राष्ट्रियसभाको दोस्रो बैठकमा पनि एमालेको विरोध जारी रह्यो । राष्ट्रियसभा सदस्य कोमल ओलीले सभामुख सापकोटाले एमाले विभाजनमा निर्वाह गरेको भूमिका लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय अभ्यासविरुद्ध रहेको बताइन् । दोस्रो बैठकमा पनि एमालेका सांसदहरु आफ्नो आसनमा उठिरहे । यसका बाबजुद बैठकको कारवाही अघि बढाइएको थियो ।

बैठकमा राष्ट्रियसभाका पूर्व सदस्य रुक्मशमशेर जबराको निधनमा शोक प्रस्ताव पेस गर्दा भने एमालेका सांसदहरु आफ्नो आसनमा बसेका थिए । राष्ट्रियसभाको अर्को बैठक भदौ ३० गते बुधबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप