‘एमसीसी विषको थैलो’
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले एमसीसी विषको थैलो भएको बताएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सोमबार काठमाडौमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष कट्टेलले मुलुकको राष्ट्रिय स्वाधीनतामाथि धावा बोल्न एमसीसी नामको विषको थैलो लिएर अमेरिका नेपाल आएको बताएका हुन् ।
‘अमेरिका मुलुकको राष्ट्रिय स्वाधीनतामाथि धावा बोल्न एमसीसी नामको विषको थैलो लिएर नेपाल आएको हो । तथाकथित विकास, पैसो र अनुदानको नारा दिएर भ्रम सिर्जना गरेर नेपाललाई साम्राज्यवादको युद्ध अखडामा परिणत गर्ने षड्यन्त्र भैरहेको छ, यसलाई परास्त गर्न निरन्तर संघर्ष गर्नुपर्ने अवस्था आएको छ’, कट्टेलको भनाइ छ ।
उनले एकथरी मान्छेहरुले अमेरिकी सहयोग लिन इन्कार गर्नु विकास विरोधी कुरा भएको भन्ने गरेको भएपनि त्यो भनाइमा सत्यता नभएको बताए । उनले नेपालमा कम्युनिस्ट आन्दोलन जाजल्यमान भएकाले यसलाई समाप्त गर्न अमेरिका लागि रहेको बताए ।
नेपाली जनक्रान्तिको भट्टीमा नेपालका दलालहरु भट्टीमा छिट्टै पर्दैछन् भन्ने साम्राज्यवादीहरुले देखेका छन् । त्यसका लागि उनीहरु एमसीसीमार्फत विश्व साम्राज्यवादको नाइकेमार्फत अमेरिकालाई गुहार लगाएर नेपालमा सैनिक तागतद्वारा साम्राज्यवादी र दलालहरूको शासनसत्ता कायम राख्ने षडयन्त्रमा छन्’ अध्यक्ष कट्टेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
-
असममा मनसुनी बाढीको कहर : ५० जनाको मृत्यु, ७ लाखभन्दा बढी विस्थापित
-
हामीलाई सरकार चाहिएको छैन, प्रदेशको झमेला बाध्यताले आइलाग्यो: प्रचण्ड
-
बायर्न म्युनिखमै बस्लान् ह्यारी केन?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण