आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा भिषण वर्षा, १२ जनाको मृत्यु

सोमबार, २८ भदौ २०७८, १४ : १६
सोमबार, २८ भदौ २०७८

पाकिस्तानमा भीषण वर्षा भएको छ । सो वर्षामा परेर कम्तीमा पनि १२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानको उत्तर पश्चिमी प्रान्त खैबर पाक्थुन्क्वामा भिषण मात्रामा वर्षा भएको छ । 

गत शनिबारदेखि निरन्तर पानी परिरहेको अधिकारीहरुले जनाएका छन् । वर्षापछि पहिरो गएको र त्यसमा केही घर पनि बगेका जनाइएको छ । उद्धारको काममा खटेका यहाँका अधिकारीहरुले यहाँ भएको क्षतिको पूर्ण विवरण आउन नसकेको बताएका छन् भने वर्षाका कारण अहिलेसम्म १२ जनाको ज्यान गएको पनि बताएका छन् । 

एकै ठाउँमा निकै ठूलो वर्षा भएको र सो निरन्तर रहेपछि बाढी र पहिरो आएको बताइएको छ । कतिपय बगेका घरमा परेर मानिसको निधन भएको अनुमान गरिएको छ भने, केही घाइते भएकाहरुलाई अस्पताल भर्ना गरिएको बताइएको छ । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप