देउवालाई प्रकाण्डको चेतावनी : जनताले लाठा लगाउँछन् !
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई विवादास्पद एमसीसी अघि नबढाउन चेतावनी दिएका छन् । सोमबार काठमाडौको खुलामञ्चमा आयोजित एमसीसी विरुद्धको विरोधसभालाई सम्बोधन गर्दै नेपाली जनताको विरोध हुँदाहुँदै एमसीसी अघि बढाएर अमेरिकी साम्राज्यवादीको दलाल नबन्न चेतावनी दिएका हुन् । त्यसक्रममा उनले अमेरिकालाई समेत नेपाली जनतासँग एमसीसी लादेर जोरी नखेल्न चुनौती दिए ।
‘हाम्रो राष्ट्रियताको मुद्दामा अमेरिकाले धेरै जोरी नखेले हुन्छ’, विश्वकर्माले भने, ‘जो बाइडेनले २० औं शताब्दीको जनक्रान्ति हेरेका छौ ? आफ्नो मुक्ति र प्रगतिको बाटोमा लम्केका नेपाली जनतामाथि लुटको सपना नदेख्न चेतावनी दिन्छु ।’ उनले नेपाल कम्युनिस्ट पार्टीले नेपाली जनताको मुक्तिका लागि निरन्तर संघर्ष गरिरहेको भन्दै वर्तमान देउवा सरकारलाई ५० अर्ब रुपैयाँको लोभमा विदेशीको पाउमा परेर नेपाली भूमि बेचविखन गर्ने धृष्टता नगर्न चेतावनी दिए । यदि जबर्जस्ती गरे साम्राज्यवादका दलहरु विनाश हुनेतर्फ हेक्का राख्नसमेत उनले देउवालाई आग्रह गरे ।
‘देउवाजी त्यो गल्ती नगर्नुस् । त्यो गल्ती गर्नुभयो भने नेपाली जनताको आन्दोलनको भूमरीमा पर्नुहुनेछ । जनताले निसाना बनाउनेछन् । दलालहरूलाई लाठा लगाउनुपर्ला’ विश्वकर्माको भनाइ छ । उनले शंका, अन्तरविरोध र आन्तरिक कलहमा फसेको देउवा सरकारले एमसीसीलाई संसदमा प्रस्तुत गर्न लागेपछि विरोध प्रदर्शन गर्नुपरेको प्रस्टिकरण दिएका थिए ।
यसअघि सो समूहले काठमाडौको त्रिपुरेश्वर, लैनचौर र बबरमहलबाट नारा जुलुस निकालेको थियो । जुलुसको नेतृत्व विभिन्न नेताहरुले गरेका थिए । त्यसक्रममा प्रदर्शनकारीले राष्ट्रघाती एमसीसी परियोजना खारेज गरौं, राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौं जस्ता नारा लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण