बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जीडब्लुएम नेपालले आकर्षक फिचरहरु सहितको ‘हाबाल जलिअन’ टप भेरियन्ट नेपाल ल्याउँदै

सोमबार, २८ भदौ २०७८, १३ : ३२
सोमबार, २८ भदौ २०७८

काठमाडौं । जीडब्लुएम नेपालले हाबाल जलिअन मोडलमा आकर्षक फिचरहरु सहित टप भेरियन्ट नेपाल भित्र्याउने भएको छ । ६० वटा मुलुकहरुमा ६५ लाख भन्दा धेरै बिक्री भइसकेको हाबाल विगत ११ वर्ष देखि चीनमा एसयूभी बिक्री गर्ने नम्बर १ ब्रान्ड भएको कम्पनीले दावी गरेको छ । 

१८ इन्चको आल एल्युमिनियम मिश्र धातुयुक्त पाङ्ग्रा, ७३% उच्च क्षमताको स्टिल बडी देखि ६ तरिकाको विद्युतीय आफूअनुसार मिलाउन सकिने ड्राइभर सिटसम्म राखेर परिस्कृत निर्माणमा उक्त गाडी आउने भएको हो । यसको पानोरमिक सनरुफ र डुअल जोन अटो एसीले आरामदायी यात्रामा सहता प्रदान गर्ने कम्पनीले दावी गरेको छ । 

१.५ लिटरको पेट्रोल इन्जिन, ६ ओम्नी डाइरेक्शनल एयरब्यागको सुरक्षा, ३६० डिग्री भ्यु, ब्लाइन्ड स्पट मनिटरिङ र हिल होल्ड डिसेन्ट कन्ट्रोल भएको यस जलिअनको निर्माण सुरक्षा फिचर्समा विशेष ध्यान दिइएको बताइएको छ । यसको हेड अप डिस्प्लेले गाडीको गतिको सूचना दिएर यात्रालाई सुरक्षित बनाउन मद्दत गर्छ ।

यस एसयूभीमा कार प्ले र एन्ड्रोइड अटो सहितको १२.३ इन्च स्मार्ट टच स्क्रिनको सुविधा पनि रहेको छ । यसको सुरुवाती ​भेरियन्ट र उच्च भेरियन्ट यसअघि नै बजारमा आएपनि यो नयाँ भेरियन्ट ग्राहकको चाहनाअनुसार डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप