‘परदेश’बाट हिट महिमा विवाहपछि गुमनाम
अभिनेत्री महिमा चौधरी आज आफ्नो जन्मदिन मनाइरहेकी छन् । परदेश, दाग द फायर, प्यार कोही खेल नही, धड्कन जस्ता फिल्ममा अभिनय गरेकी महिमाले १९८० मा अध्ययन छोडेर मोडलिङ सुरुवात गरेकी थिइन् ।
मोडलिङको दौरानमा यही समय आमिर खान र ऐश्वर्या रायको साथ पेप्सीको विज्ञापनमा अभिनय गर्ने मौका मिल्यो । मोडलिङकै सिलसिलामा उनीतिर निर्देशक सुभाष घइको नजर पर्यो । सोही कारण उनी रातारात स्टार बन्न सफल भइन् ।
मोडलिङको समय महिमाले भिजेको काम पनि गरेकी थिइन् । सोही सिलसिलमा निर्देशक घइले उनलाई भेटेका थिए । घई फिल्म परदेशका लागि फ्रेस हेरोइनको खोजीमा थिए । जसका लागि उनले ३००० बढी केटीहरूको अडिसन समेत लिएका थिए । महिमालाई भेटेपछि उनले ‘परदेश’ साइन गराए ।
फिल्ममा शाहरुख खान पनि रहेका थिए । फिल्मबाट उनले फिल्म फेयर बेष्ट डेब्यु अभिनेत्रीको अवार्ड हात पारिन् । त्यसपछि उनलाई यो क्षेत्रमा पछि फर्किएर हेर्नुपरेन । ‘करुक्षेत्र’, ‘लज्जा’, ‘दिल है तुम्हारा’ लगायत दर्जनौ फिल्ममा उनले अभिनय गरेकी छन् ।
टेनिस खेलाडीसँग डेट
महिमाको भारतीय टेनिस खेलाडी लिएन्डर पेससँगको सम्बन्धमा रहेकी थिइन् । ६ वर्षसँगै गरेपछि दुबैले ब्रेकअप गरेका थिए । ब्रेकअप पछि महिमाले मोडल रिया पिल्लईलाई डेट गरेको समाचार समेत बाहिर आएको थियो । तर महिमाले उनीसँग अलग भएर २००६ मा विजनेश म्यान बबी मुखर्जीसँग विवाह गरेकी थिइन् ।
विवाहको केही महिनामै उनले आफु गर्भवती भएको घोषणा गरेकी थिइन् । महिमा विवाह अगाडि गर्भवती भएकाले हतारमा विवाह गरेको भन्ने समाचार समेत बाहिर आयो । विवाहको केही समयपछि उनी बबीसँग अलग भइन् । अहिले उनीसँग एक छोरी एरियान रहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसले गरेको पछिल्लो हमलामा आफ्ना १३ नागरिक मारिएको युक्रेनको दाबी
-
श्रीलङ्का भ्रमणका लागि अस्ट्रेलियन टोलीको घोषणा, कमिन्सको अनुपस्थितिमा स्मिथ कप्तान
-
‘सत्ताधारीले अहिले कसैलाई टार्गेट गरेमा अर्को पनि सरकार आउँछ’
-
न्युजिल्यान्डका प्रभावशाली ब्याट्सम्यान मार्टिन गप्टिलको सन्न्यास
-
‘प्रत्येक मुद्दामा सम्पत्ति शुद्धीकरण लगाइदिने सम्भावना बढ्ने देखिन्छ’
-
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन