सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

‘परदेश’बाट हिट महिमा विवाहपछि गुमनाम

सोमबार, २८ भदौ २०७८, १३ : ०९
सोमबार, २८ भदौ २०७८

अभिनेत्री महिमा चौधरी आज आफ्नो जन्मदिन मनाइरहेकी छन् । परदेश, दाग द फायर, प्यार कोही खेल नही, धड्कन जस्ता फिल्ममा अभिनय गरेकी महिमाले १९८० मा अध्ययन छोडेर मोडलिङ सुरुवात गरेकी थिइन् ।
मोडलिङको दौरानमा यही समय आमिर खान र ऐश्‍वर्या रायको साथ पेप्सीको विज्ञापनमा अभिनय गर्ने मौका मिल्यो । मोडलिङकै सिलसिलामा उनीतिर निर्देशक सुभाष घइको नजर पर्यो । सोही कारण उनी रातारात स्टार बन्न सफल भइन् ।

मोडलिङको समय महिमाले भिजेको काम पनि गरेकी थिइन् । सोही सिलसिलमा निर्देशक घइले उनलाई भेटेका थिए । घई फिल्म परदेशका लागि फ्रेस हेरोइनको खोजीमा थिए । जसका लागि उनले ३००० बढी केटीहरूको अडिसन समेत लिएका थिए । महिमालाई भेटेपछि उनले ‘परदेश’ साइन गराए ।

फिल्ममा शाहरुख खान पनि रहेका थिए । फिल्मबाट उनले फिल्म फेयर बेष्ट डेब्यु अभिनेत्रीको अवार्ड हात पारिन् ।  त्यसपछि उनलाई यो क्षेत्रमा पछि फर्किएर हेर्नुपरेन । ‘करुक्षेत्र’, ‘लज्जा’, ‘दिल है तुम्हारा’ लगायत दर्जनौ फिल्ममा उनले अभिनय गरेकी छन् ।

 टेनिस खेलाडीसँग डेट 
महिमाको भारतीय टेनिस खेलाडी लिएन्डर पेससँगको सम्बन्धमा रहेकी थिइन् । ६ वर्षसँगै गरेपछि दुबैले ब्रेकअप गरेका थिए । ब्रेकअप पछि महिमाले मोडल रिया पिल्लईलाई डेट गरेको समाचार समेत बाहिर आएको थियो । तर महिमाले उनीसँग अलग भएर २००६ मा विजनेश म्यान बबी मुखर्जीसँग विवाह गरेकी थिइन् ।

विवाहको केही महिनामै उनले आफु गर्भवती भएको घोषणा गरेकी थिइन् । महिमा विवाह अगाडि गर्भवती भएकाले हतारमा विवाह गरेको भन्ने समाचार समेत बाहिर आयो । विवाहको केही समयपछि उनी बबीसँग अलग भइन् । अहिले उनीसँग एक छोरी एरियान रहेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप