शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गर्भनिरोधक औषधिको विकल्प : गर्भाधान रोक्ने एन्टिबडी

सोमबार, २८ भदौ २०७८, १२ : ११
सोमबार, २८ भदौ २०७८

अमेरिकी वैज्ञानिकहरुले गर्भाधान रोक्ने एन्टिबडी निर्माण गरेका छन् । गर्भनिरोधक औषधिहरूको विकल्पको रुपमा गर्भाधान एन्टिबडी बनेको वैज्ञानिकहरुले बताएका छन् । 

उक्त एन्टिबडीले गर्भनिरोधक औषधिको रुपमा काम गर्छ । यो गर्भाधान रोक्ने हर्मोनको प्रयोग नहुने तरिका हो । यसमा एन्टिबडीको मद्दतले गर्भाधान रोकिन्छ । यसको असर हर्मोनमा पर्दैन । 

एन्टिबडी निर्माता अमेरिकाको नर्थ क्यारोलिना युनिभर्सिटीका वैज्ञानिक भन्छन्, ‘यो महिलाका लागि नयाँ प्रकारको कन्ट्रासेप्टिभ हो । यसले गर्भनिरोधक औषधिबाट हुने साइड इफेक्टबाट बचाउँछ ।’

अनुसन्धानकर्ताले यसको प्रयोग सबैभन्दा पहिले भेडामाथि गरेका थिए । महिला र भेडाको प्रजनन् प्रक्रिया मिल्दोजुल्दो हुने भएकाले भेडामाथि उक्त एन्डिबडीको प्रयोग गरिएको हो ।

भेडामा ३३३ माइक्रोग्राम डोज एन्टिबडी दिइएको थियो । यसको केही दिनपछि भेडाको शरीरमा भएको प्राकृतिक एन्टिबडी र नयाँ एन्टिबडीले सबै शुक्रकिटलाई अण्डासम्म पुग्न रोकिदियो । 

दोस्रो प्रयोगमा भेडालाई ३३.३ माइक्रोग्राम एन्टिबडी दिइयो । त्यसपछि शुक्रकिट रोक्नका ९७ देखि ९९ प्रतिशत सफल भएको पाइयो ।

कसरी रोक्छ गर्भाधान ? 
सामान्य भाषामा पुरुषको शुक्रकिट र महिलाको अण्डा एकापसमा मिलेपछि भ्रुणको निर्माण हुन्छ । वैज्ञानिकले सोही अनुरुप एन्टिबडीको निर्माण गरेका छन् । जसले शुक्रकिटलाई निकै कमजोर बनाइदिन्छ जुन अण्डासम्म पुग्न सक्दैन ।

अनुसन्धानकर्ताका अनुसार गर्भाधान रोक्नका लागि भेडामा गरिएको प्रयोग सफल भएको छ । जनावरमा यो एन्टिबडी शुक्रकिट रोक्न ९९.९ प्रतिशत सफल भयो । 

अनुसन्धानकर्ता स्यामुअल भन्छन्, ‘गर्भनिरोधक औषधिहरुको सेवनले महिलामा टाउको दुख्ने, तौल बढ्ने, डिप्रेशन हुने, रगत धेरै बग्ने आदि साइड इफेक्ट हुने गर्छ । त्यसैले नयाँ एन्टिबडी हर्मोन नभएको भएकाले यसको कुनै पनि प्रकारको साइड इफेक्ट हुँदैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप