सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

९/११ हमलासँग सम्बन्धित गोप्य दस्तावेज सार्वजनिक भएपछि साउदी अरबले के भन्यो ?

सोमबार, २८ भदौ २०७८, ११ : ४६
सोमबार, २८ भदौ २०७८

९/११ हमलाबारे एफबीआईको केही गोप्य दस्तावेज सार्वजनिक भएपछि साउदी अरबले उक्त हमलामा साउदी अरबको कुनै भूमिका नभएको दस्तावेजले पुष्टि गर्ने बताएको छ ।

साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहानले साउदी अरबले पहिल्यैदेखि ११ सेप्टेम्बरसँग सम्बन्धित सबै दस्तावेज सार्वजनिक गर्नुपर्ने बताउँदै आएको थियो ।

अस्ट्रियाका विदेशमन्त्रीसँग एक पत्रकार सम्मेलनका क्रममा उनले भने, ‘हामी एक दशकभन्दा पनि बढी समयदेखि त्यो पीडादायी दिनसँग सम्बन्धित सबै दस्तावेज सार्वजनिक गर्न माग गरिरहेका छौं । हामी पूर्ण विश्वाससहित यो भन्छौं कि दस्तावेजको कुनै पनि डाटाले उक्त घटनामा साउदी अरबको कुनै पनि रुपमा संलग्नता भएको कुरा पुष्टि गर्दैन । ’

‘आतंकवाद अहिले पनि विश्वव्यापी सुरक्षाका लागि खतरा’

प्रिन्स फैसलले साउदी अरब त्यससँग सम्बन्धित अतिरिक्त दस्तावेज पनि सार्वजनिक गर्ने कुराको समर्थन गर्ने बताए ।

उनले भने, ‘हामी एक दशकदेखि आतंकवादविरुद्ध विश्वव्यापी लडाईंका मुख्य साझेदार हौं र हामी यो जारी राख्नेछौं । यी दस्तावेज जारी हुँदा कुनै पनि प्रकारको असर पर्दैन ।’

साउदी अरबका विदेशमन्त्रीले उग्रवाद र आतंकवाद अहिले पनि विश्वव्यापी सुरक्षाका लागि खतरा भएको बताए ।

९/११ का हमलाकर्ता र साउदी अरबबीच कथित संलग्नताको विषयमा एफबीआईले आइतबार गोप्य दस्तावेज जारी गरेको थियो ।

आशिंक रुपमा सेन्सर गरिएका यी दस्तावेजमा अमेरिकाविरुद्ध षड्यन्त्रमा साउदी अरब सरकारले समर्थन गरेको कुनै प्रमाण भेटिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप