निर्देशक खरेलको कहिले बन्छ ‘चिठ्ठी’ ?
निर्देशक माधव राज खरेलको नयाँ फिल्म ‘चिठ्ठी’ मा अभिनेता श्रीदेव भट्टराई भित्रिएका छन् । कमला जोशी तथा राजन थापा निर्माता रहेको फिल्म पिम नेपालको ब्यानरमा बन्न लागेको हो ।
फिल्ममा भट्टराईसहित सञ्जित भण्डारी, गोपाल ढकाल, खड्ग बहादुर पुनमगर ‘खबपु’ मोहन निरौला, मुस्कान लामा, कन्चन चालिसे, नवराज थापा लगायतका कलाकारको अभिनय रहनेछ ।
कमेडी जनारामा निर्माण हुन लागेको यो फिल्ममा सस्पेन्स तथा थ्रीलरसमेत रहने निर्देशक खरेलले बताए । फिल्मको कास्टिङ निर्देशक शान्ती प्रिय रहेका छन् ।
जीतव पराजुलीको छायाँकन, किरण दाहालको द्वन्द्व रहने फिल्म काठमाडौं उपत्यका र काभ्रेको बिभिन्न लोकेशनमा हुनेछ ।
निर्देशक खरेलले फिल्म चिट्ठीको तयारी थालेको धरै समय भइसकेको छ । फिल्मका लागि एक, दुई गरेर थुप्रै कलाकार समेत भित्रिएका छन् । तर कहिलेबाट फिल्म छायाँकनका लागि फ्लोरमा निस्किने अझै निश्चित भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली फिल्मका १० निर्देशक : कसले कुन फिल्म निर्देशन गर्दैछन् ?
-
काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही सिफारिस
-
वैदेशिक रोजगारीको मागपत्र प्रमाणीकरणमा दूतावासको बदमासी
-
पाँच महिनामा २० अर्ब ६६ करोड विदेशी लगानी प्रतिबद्धता
-
टीआरसी अन्योलमा परेपछि अन्तर्राष्ट्रिय समुदाय, पीडित र मानवअधिकारकर्मीले गराए सरकारको ध्यानाकर्षण
-
दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश