शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

माथिल्लो तामाकोशीले बोलायो साधारणसभा

सोमबार, २८ भदौ २०७८, ११ : ०८
सोमबार, २८ भदौ २०७८

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दुई आर्थिक वर्षको साधारणसभा बोलाएको छ । कम्पनीले असोज १९ गतेलाई दुई वर्षको वार्षिक साधारणसभा एकैपटक बोलाएको हो । कम्पनीको साधारणसभा भर्चुअल माध्यमबाट हुने बताइएको छ । साधारणसभाले आर्थिक वर्ष २०७५/७६ मा उपलब्ध गराइएको आर्थिक सहयोग अनुमोदन लगायतका निर्णय गर्ने छ ।

साधारणसभाका लागि कम्पनीले असोज ४ गते एकदिन बुक क्लोज गर्ने बताएको छ । जसअनुसार असोज ३ गतेसम्म कम्पनीका सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन पाउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप