बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

‘बबिताजी’ ले ‘टप्पू’ सँगको सम्बन्धको खबरमा भनिन्, ‘आफूलाई भारतकी छोरी भन्न लाज लाग्यो’

सोमबार, २८ भदौ २०७८, १० : ३९
सोमबार, २८ भदौ २०७८

भारतको लोकप्रिय टिभी सिरियल ‘तारक मेहताका उल्टा चश्मा’ की अभिनेत्री मुनमुन दत्ताले आफूविरुद्ध पछिल्लो केही समयदेखि चलिरहेको ट्रोलिङको विषयमा मिडिया र दर्शकको कडा आलोचना गरेकी छिन् ।

मुनमुनले इन्स्टाग्राममा एउटा भावुक पोस्टमा आफूलाई दर्शकबाट ‘असाध्यै धेरै आशा’ भएको बताउँदै आफूलाई ‘भारतकी छोरी भन्न लाज लागिरहेको’ बताएकी छिन् ।

‘बबिता जी’ को चर्चित भूमिका निभाउने दत्ता र उनका सह–कलाकार ‘टप्पू’ को भूमिका निभाउने राज आदकटबीच सम्बन्ध रहेको भन्दै पछिल्ला केही दिनदेखि सोसल मिडियामा ठूलै हल्लाखल्ला चलिरहेको छ ।

थुप्रै मिडिया वेबसाइटमा पनि यस्ता खबर छापिएका छन् ।

कति मानिसहरुले यसका लागि आपत्तिजनक कुराहरु र मीम सेयर गरिरहेका छन् र मुनमुन दत्तालाई ट्रोल गरिरहेका छन् ।

यी सबकाम बीच दत्ताले आइतबार आफ्नो इन्स्टाग्रामा एउटा पोस्ट लेखिन्, ‘म सर्वसाधारणलाई यो भन्न चाहन्छु कि मैले तपाईंहरुबाट केही राम्रो आशा गरेकी थिएँ । तर तपाईंहरुले कमेन्टमा जस्तो कुराहरु लेखिरहनु भएको, (पढेलेखेका मानिसहरुले समेत), त्यसले यो देखाउँछ कि हामी कतिसम्मको पिछडिएको समाजमा बसिरहेका छौं ।’

‘तपाईंको ठट्टाले कसैलाई मानसिक रुपमा तोड्न सक्छ’

मुनमुन दत्ताले आफ्नो पोस्टमा लेखिन्, ‘महिलाको उमेर, शरीर, आमा बनेपछिको लज्जित हुन बाध्य पार्नु, मात्र तपाईंहरुको ठट्टाका लागि । तपाईंहरुको ठट्टाले कसैलाई मानसिक रुपमा तोड्न सक्छ । यसबारे तपाईंहरुलाई रत्तिभर पनि चिन्ता छैन । म पछिल्लो १३ वर्षदेखि मानिसहरुलाई मनोरञ्जन प्रदान गरिरहेको छु तर मेरो गरिमा नष्ट गर्न तपाईंहरुलाई १३ मिनेट पनि लागेन ।’

उनले लेखिन्, ‘यदि अर्को पटक यदि कसैले डिप्रेसनमा आएर आफ्नो ज्यान लिन्छ भने कतै ती व्यक्तिले तपाईंको कुराका कारण यस्तो निर्णयसम्म पुगेका त होइनन् भनेर राम्रोसँग सोच्नुहोस् । आज मलाई आफू भारतकी छोरी भन्न लाज लागिरहेको छ ।’

अर्को पोस्टमा उनले कुनै पनि मिडियालाई काल्पनिक र आफैंले बनाएको खबर कसैको नामबाट वा कसैको नीजि जीवन बारे छाप्न अधिकार नदिएको स्पष्ट पारेकी छिन् ।

टप्पूको भूमिका निभाउने राज अनदकटले पनि यसबारे इन्स्टाग्राममा एउटा इइन्एक बयान जारी गरेका छन् ।

उनले लेखे, ‘जसले मेराबारे लगातार लेखिरहेका छन्, उनीहरुले यो जानून् कि तपाईंहरुको मनगढन्ते कहानी, जुन मेरा बारे मेरो अनमति बिना लेखिँदैछ, त्यसको के दुष्प्रभाव पर्ला ?’

‘म सबै सृजनात्मक मानिसहरुलाई आफ्नो सिर्जना कतै अन्त लगाउनुहोस् जसकारण तपाईंलाई मद्दत मिल्नेछ । भगवानले उनको रक्षा गरुन् र उनीहरुलाई सद्बुद्धि दिउन् ।’

मुनमुन दत्ताको पोस्टमा थुप्रै मानिसहरुले उनको कुराको समर्थन गरेका छन् ।

टक शो होस्ट नयनदीप रक्षितले लेखे, ‘सही भन्नुभयो । मिडिया र मानिसहरुलाई लाज लाग्नुपर्ने हो । म पनि यसैको हिस्सा हुँ र म यसका लागि आफूलाई पनि दोषी ठान्छु । म आफूलाई पत्रकार भन्न लाज लागिरहेको छ ।’

यद्यपि, कतिले भने यति कडा शब्द प्रयोग गरेको भन्दै दत्ताको आलोचना पनि गरे ।

केही समयअघि मुनमुन दत्ता अर्को एउटा विवादमा पनि फसेकी थिइन् जब उनले एउटा भिडियोमा कुनै एक समुदायसँग जोडिएको अपमानजनक शब्दको प्रयोग गरेकी थिइन् ।

यसका लागि उनीविरुद्ध ऊजुरीसमेत दर्ता भएको थियो । पछि दत्ताले भिडियो हटाइन् र माफी माग्दै भनेकी थिइन्, ‘भाषाको कम बुझाइ’ का कारण मबाट गल्ती भएको थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप