शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए कोषाध्यक्ष पदका लागि दाहालको उम्मेदवारी

सोमबार, २८ भदौ २०७८, १० : ३४
सोमबार, २८ भदौ २०७८

गैरआवासीय नेपाली संघ एनआरएनएको कोषाध्यक्ष पदका लागि लोकप्रसाद दाहालले उम्मेदवारी दिने भएका छन् ।

हाल संघको सह–कोषाध्यक्ष रहेका उनले अर्को कार्यकालका लागि कोषाध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् । संस्थाको आर्थिक सुदृढीकरण र पारदर्शिताका साथै मित्यव्ययितालगायतका ठोस कार्ययोजनाका साथ आफू चुनावी मैदानमा खडा भएको दाहालको भनाइ छ ।

बेल्जियममा स्थापित व्यवसायी उनको नेपालमा समेत विभिन्न क्षेत्रमा लगानी रहेको छ भने सामाजिक सक्षेत्रमा समेत उनले उल्लेखनीय काम गर्दै आएका छन् ।

नेपालको धादिङ घर भएका उनी एनआरएनभित्र इमान्दार र जुझारु अभियन्ताको रुपमा परिचित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप