राप्रपा कञ्चनपुरका अध्यक्षमा चन्द
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुरका अध्यक्षमा गजेन्द्रबहादुर चन्द निर्विरोध चयन भएका छन् । राप्रपाका युवा नेता उनी आइतबार महेन्द्रनगरमा आयोजित जिल्ला अधिवेशनबाट निर्वाचित भएका हुन् । नवनिर्वाचित अध्यक्ष चन्दले जिल्लामा टुक्रिएर रहेको राप्रपालाई एकीकृत बनाएर अघि बढाउँदै गतिशील बनाइने जानकारी दिनुभयो । उहाँले राप्रपा पाका पुस्ताका मात्रै पार्टी भएको भ्रममा नपर्न आग्रह गर्दै अब युवा नेतृत्वको वर्चश्व रहेको बताए ।
“जिल्लामा विकास निर्माणमा साथ र विकृति विरुद्ध राप्रपा अग्रसर हुनेछ ।” उनले भने, “स्थानीय पालिकाले गरेका अनियमितता विरुद्ध हामी खरो रुपमा उत्रिने छौँ ।” अधिवेशनले सदस्यतर्फ महेश्वरी सिंह, दिलबहादुर नाथ, वीरेन्द्रबहादुर चन्द, रमेश भट्ट, राजेन्द्रप्रसाद भट्ट, लोकबहादुर कुँवर, कैलाश भट्ट, नन्दादेवी खत्री लगायत २९ जनालाई चयन गरेको छ ।
अधिवेशनमा राप्रपाका केन्द्रीय निर्देशन समिति सदस्य धर्मराज जोशी, केन्द्रीय कार्यसम्पादन समिति सदस्य तीर्थराज चटौत, हिक्मतसिंह भण्डारी र रणबहादुर बलायरलगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान