पौडेलले बोलाए सानेपामा आफ्नो समूहको बैठक
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहको बैठक बोलाएका छन् । सोमबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको नेता मिनेन्द्र रिजालले रातोपाटीलाई जानकारी दिए ।
पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न लागिएको उनको भनाइ छ । २० जिल्लाको क्रियाशील सदस्यता विवाद, महाधिवेशनको निष्पक्षता लगायतका विषयमा छलफल गर्न पौडेलले बैठक राखेका बुझिएको छ । २० जिल्लामा क्रियाशील सदस्यता विवाद नटुंगिदा अधिवेशनको कार्यतालिका नै संशोधन गरिएको छ ।
भदौ १८–२५ गतेभित्र ५७ जिल्लामा वडा अधिवेशन भएपनि २० जिल्लाको क्रियाशील सदस्यता नामावली नै सार्वजनिक भएन । उक्त जिल्लामा असोज ५ गते वडा अधिवेशन तोकिएको छ । तर क्रियाशील सदस्यताको विवाद झै पनि टुंगिएको छैन ।
यस्तै विवादकाबीच सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा भने वडा अधिवेशन सम्पन्न भएको छ । डडेल्धुराको वडा अधिवेशनको घटनाले महाधिवेशन निष्पक्ष हुनेमा पौडेल पक्ष सशंकित देखिएको छ ।
जिल्ला सभापतिले बहिस्कार गर्दा पनि डडेल्धुरामा अधिवेशन सम्पन्न भएको छ । यस विषयमा पनि आजको बैठकमा छलफल हुने पौडेल पक्षका एक नेताले बताए ।
प्रधानमन्त्री देउवा मन्त्रिमण्डल विस्तारको तयारीमा रहेकाले आफ्नो समूहबाट पठाउने मन्त्रीका सन्दर्भमा पनि छलफल हुने ती नेताको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण