शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अक्षयकी आमाको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीले लेखे यस्तो पत्र

सोमबार, २८ भदौ २०७८, ०८ : ५७
सोमबार, २८ भदौ २०७८

अभिनेता अक्षय कुमारकी आमा अरुणा भाटियाको निधन भएको छ । उनको उपचारको क्रममा सेप्टेम्बर ८ का दिन निधन भएको हो ।

अक्षयकी आमाको निधनप्रति सम्पूर्ण बलिउड परिवार र उनका प्रशंसकहरुले श्रद्धान्जली दिइरहेका छन् ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि अक्षयकी आमाको निधनप्रति शोक व्यक्त गर्दै एउटा पत्र लेखेका छन् । 

प्रधानमन्त्री मोदीले लामो पत्र लेख्दै अक्षयलाई सधैँ साथ दिने बचन समेत दिएका छन् ।

अक्षयले प्रधानमन्त्री मोदीको पत्र सामाजिक सञ्जालमा सेयर गर्दै अक्षयले लेखेका छन्, ‘आमाको निधनपछि सबैले दिनुभएको शोक शब्दहरुप्रति आभारी छु । म र मेरा दिवंगत माता–पिताका लागि समय निकालेर आफ्ना भावनाहरु व्यक्त गरेकोमा प्रधानमन्त्री मोदीप्रति आधारी छु ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप