बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

कोभिडले पर्यटन क्षेत्र प्रभावित बन्दा बैङ्क तथा वित्तीय क्षेत्रको ४ खर्ब लगानी जोखिममा

आइतबार, २७ भदौ २०७८, २१ : १९
आइतबार, २७ भदौ २०७८

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस महामारीका कारण पर्यटन क्षेत्र प्रभावित हुँदा बैङ्क तथा वित्तीय क्षेत्रको लगानी जोखिममा परेको छ । बैङ्क तथा वित्तीय क्षेत्रले नेपालको पर्यटन क्षेत्रमा करिब ४ खर्ब रुपैयाँ लगानी गरेका छन् । 

सन् २०१९ को तुलनामा २०२० मा आउने पर्यटक आगमन सङ्ख्यामा ८१ प्रतिशत ले गिरावट आएको छ । प्रत्यक्ष, अप्रत्यक्ष र यसको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा सिर्जित करिब १० लाख जनशक्तिको रोजगार सङ्कटमा छ । करिब २५ प्रतिशत भन्दा बढी पर्यटन व्यवसाय तथा उद्यमीहरू फेरी कहिल्यै पुनर्जीवित नहुने गरी बन्द भएका छन् र छिटै पुनरुत्थानका उपाय खोजिएन भने यो दर झनै बढ्ने पर्यटन व्यवसायीहरूको भनाई छ ।

नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पूर्ण भ्याक्सिन लगाइसकेका र नेपाल आइपुग्दा पीसीआर परीक्षणको रिपोर्ट ल्याउनेलाई बिना क्वारेन्टाइन आउन दिनुपर्ने व्यवसायीहरूले माग गरेका छन् । यस्तै, भिसा अनअराइभलको व्यवस्था पुनः सुरु गर्न र नेपालको पर्यटन क्षेत्रको सकारात्मक सन्देश विश्वभर फैलाउन व्यवसायीहरूले माग गरेका छन् ।

नेपालका होटल, ट्रेकिङ, टुर लगायतका पर्यटन व्यवसायीले सरकारसमक्ष यस्तो व्यवस्थाको माग गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप