क्वारेन्टाइनको व्यवस्था तत्काल खारेज गर्न पर्यटन श्रमिकहरुको माग
पर्यटन उत्थान तथा मजदुरहरुको जीवन रक्षाका लागि तत्काल पर्यटन नीति सुधार गर्न पर्यटन मजदुरहरूले सरकारसँग माग गरेका छन् । पर्यटन श्रमिक सम्बद्ध चार संगठन अखिल नेपाल पर्यटन मजदूर संघ, क्रान्तिकारी पर्यटन मजदूर, नेपाल समाजवादी पर्यटन मजदूर संघ र पर्यटन हातेमालो समाज नेपालले आइतबार संयुक्त रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।
कोभिड–१९ का कारण लामो समयसम्म देशमा पर्यटन गतिविधि नहुँदा समग्र पर्यटन क्षेत्र नै शिथिल भएको र यसले पर्यटन मजदुरहरुको भविष्य नै डामाडोल भएको श्रमिक संगठनहरुको भनाई छ । थप, कोभिडको संक्रमणको जोखिमलाई लिएर सरकारले गत वर्षदेखि नै लागू गरेको विदेशी पर्यटकका लागि अनिवार्य ७ दिनको क्वारेन्टाइनको व्यवस्था हालसम्म पनि कायम गरिराख्दा पर्यटन गतिविधि ठप्प भई व्यवसायी, मजदुर नै सो क्षेत्रबाट पलायन हुने खतरा बढेको मजदुरले बताएका छन् ।
यस्तो अवस्था आउन नदिन पनि अब तत्काल क्वारेन्टाइनको व्यवस्था खारेज गर्नुपर्ने र पर्यटन गतिविधिलाई सहजीकरण गर्नुपर्ने माग व्यवसायीहरुले राखेका छन् । थप स्वास्थ सुरक्षालाई ध्यानमा राख्दै एक पर्यटन एक मजदूरको व्यवस्था गर्न समेत श्रमिकहरुले सरकारसँग माग राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी