शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा  शिशुको हत्या आरोपमा आमा–बुबा पक्राउ

आइतबार, २७ भदौ २०७८, १९ : २५
आइतबार, २७ भदौ २०७८

रुपन्देहीमा  एक शिशुको हत्या आरोपमा आमा बुवालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा गत राति आफ्नै घरमा ७  महिने शिशु सुरज मल्लाहा मृत अवस्थामा भेटिएका थिए । उनको हत्याको आरोपमा प्रहरीले आमा बुवालाई पक्राउ गरेको रुपन्देहीका प्रहरी प्रवक्ता  प्रहरी नायव उपरीक्षक  सत्य नारायण थापाले  रातोपाटीलाई बताए ।

शिशुको घरमै मृत अवस्थामा शव फेला परेको जानकारी पाए लगत्तै सूर्यपुरा र लुम्बिनीबाट प्रहरी घटनास्थलमा गएका थिए । शिशुको हत्या भएको आशंकामा २२ वर्षका बाबु श्रीराम मल्लाहा र २० वर्षकी आमा रेनु मल्लाहालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । मृतक शिशुलाई पोष्टमार्टमका लागि पठाइएको र घटनाका बारेमा अनुसन्धान जारी रहेको छ । 

उता  रुपन्देहीको तिलोत्तमाकी सीता भण्डारी पौडेलको मृत्यु सम्बन्धमा आत्महत्या दुरुत्साहन मुद्दामा श्रीमानसहित २ जना पक्राउ परेका छन् । सीताका श्रीमान् टिका पौडेल र आमाजू दिदी विष्णु पौडेललाई दुरुत्साहन मुद्दामा अदालतबाट म्याद थप गरि हिरासतमा राखी अनुसन्धान भइरहेको रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए । २ वर्षअघि विवाह भएकी २७ वर्षीय सीता भदौ २० गते आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी पछि माइती  पक्षले हत्या  गरेको आरोप लगाएका थिए । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको जनाएको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप