बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेशसँग बराबरीमा रोकियो नेपाल

आइतबार, २७ भदौ २०७८, १९ : ०१
आइतबार, २७ भदौ २०७८

नेपाल र बंगलादेशको महिला फुटबल टोलीबीचको दोस्रो मैत्रिपूर्ण खेल बराबरीमा टुंगिएको छ । काठमाडौँस्थित दशरथ रंगशाला खेलिएको खेल गोलरहित बराबरीमा सकिएको हो ।

दुवै टोलीले गोलका थुप्रै अवसरहरु गुमाएका थिए । नेपालले विपक्षी टोलीको पोष्टमा चारवटा प्रहार गरे पनि गोल गर्नबाट चुक्यो । बंगलादेशविरुद्धको पहिलो खेलमा भने नेपाल २–१ गोलले विजयी बनेको थियो ।

नेपालले एएफसी महिला एशियन कप–२०२२ छनोटका लागि तयारी स्वरुप बंगलादेशसँग मैत्रिपूर्ण खेल खेलेको हो । नेपाल भोलि नै प्रतियोगितामा भाग लिन उज्बेकिस्तान प्रस्थान गर्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप