शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वीपीका आन्दोलनरत पक्षलाई जनताको स्वास्थ्य सेवा पाउने हकलाई बन्देज नगर्न मन्त्रालयको आग्रह

आइतबार, २७ भदौ २०७८, १८ : ३२
आइतबार, २७ भदौ २०७८

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षलाई स्वास्थ्य सेवा पाउने मौलिक हकलाई बन्देज नगर्न आग्रह गरेको छ । आइतबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षले उठाएका धेरै माग पूरा भइसकेको र बाँकी पूरा हुने भन्दै सेवामा फर्कन अनुरोध गरेको हो ।

वीपीमा २० भदौदेखि इमर्जेन्सी, कोभिड र पूर्व निर्धारित परीक्षा बाहेकका सेवा अवरुद्ध हुँदै आएको छ । धेरै विषयहरू सम्बोधन भइसकेकाले केही विषयहरू अझै अध्ययन अनुसन्धानका क्रममा रहेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

वीपीमा पदाधिकारी बर्खास्त र भ्रष्टाचार छानबिन हुनुपर्ने भन्दै लामो समयदेखि आन्दोलन जारी छ । मन्त्रालयले २५ प्रतिशत सिनेटरको हस्ताक्षर गरि उपकुलपति समक्ष पेस भइसकेको भन्दै चाँडै छानबिन गरी कारबाही प्रक्रिया सिनेटबाटै गर्ने स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिलको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्ने मन्त्रालयको भनाइ छ । यस्तै, अख्तियारले प्रतिष्ठानमा भएको भ्रष्टाचारको छानबिन कागजात लिएर छानबिनको प्रक्रियालाई अगाडि बढाइको छ ।

विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड तय गर्न गर्ने समिति गठन गरेर काम गरिरहेको मन्त्रालयले जनाएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार प्रतिष्ठानका रजिस्ट्रारले राजीनामा दिएर स्वीकृत भइसकेको छ भने उपकुलपति प्राध्यापक भएको भन्ने प्रमाण नभएकाले छानबिन सुरु गरिएको छ । विज्ञप्तिमा उच्चस्तरीय छानबिन आयोग सिनेट बैठकबाट नै गठन गर्ने उल्लेख गरिएको छ ।  छानबिन आयोग गठनका सम्बन्धमा आवश्यक परामर्श र समन्वय गरी उचित निर्णय लिने स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप