सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

प्रतिस्थापन बजेटबारे नाडा : नेपालमा अब अटोमोबाइल उद्योगहरूको उदय हुनेछ

आइतबार, २७ भदौ २०७८, १८ : २५
आइतबार, २७ भदौ २०७८

नाडा अटोमोबाइल्स एशोसिएनसले अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको २०७८/०७९ को प्रतिस्थापन बजेट नेपालमा सवारी साधन एसेम्बलिङ्ग उद्योग स्थापनाका लागि कोशेढुङ्गा साबित हुने बताएको छ ।

प्रतिस्थापन बजेट मार्फत एसेम्बल गरी नेपालमा सवारी साधन उत्पादन गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२, ८७.०३ र ८७.११ मा पर्ने सवारी साधन पैठारी गर्दा लाग्ने अन्तःशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन विक्री गर्दा लाग्ने अन्तःशुल्क महसुलमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्था गरिएकोमा नाडाले त्यसको स्वागत गरेको हो । 

‘नाडाले सो निर्णय नेपालमा सवारी साधन एसेम्बलिङ्ग उद्योग स्थापनाका लागि कोशेढुङ्गा साबित हुने अपेक्षा समेत राखेको छ,’ अध्यक्ष कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर त्यस्ता सवारी साधनहरू उत्पादन गर्ने एसेम्बलिङ्ग उद्योग सञ्चालन गर्नका लागि त्यससँग सम्बन्धित ऐन र नीति नियमहरूको स्थिरता पनि त्यतिकै महत्त्वपूर्ण हुने सन्दर्भमा सरकार परिवर्तन हुँदैमा त्यस्ता उद्योगहरुलाई कुनै असर पर्न हुँदैन भन्ने कुरामा नाडा विश्वास राख्दछ ।’

वर्तमान बजेटले मोटरसाइकलको सेगमेन्टमा परिवर्तन गर्दै सडक निर्माण दस्तुर र अन्तःशुल्क महसुल दुवैमा वृद्धि गरेकोमा भने नाडाले गत वर्ष कायम गरेको सेगमेन्टलाई नै निरन्तरता दिने व्यवस्थाका लागि सरकारसँग अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप