मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा १९२ जनामा कोरोना संक्रमण, थप १ जनाको मृत्यु

आइतबार, २७ भदौ २०७८, १७ : ४८
आइतबार, २७ भदौ २०७८

गण्डकी प्रदेशमा थप १९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार १२४ जनाको नमुना परीक्षण गरिएकामा १९२ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ९१ महिला र १०१ जना पुरुष रहेका छन् ।

प्रदेशका ३ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्‍चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनकाअनुसार कास्की १२८, स्याङ्जा ८, मनाङ १७, मुस्ताङ २०, म्यादी १, गोरखा १, लमजुङ ३ र तनहुँमा १४ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८३ हजार ५०१ पुगेको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । पर्वत, फलेवास नगरपालिका वडा नम्बर २ का २६ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३३२ पुगेको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा १६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८० हजार ४४१ पुगेको छ ।   त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार ७२८ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।


    


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप