नेकपा समाजवादी बागमती प्रदेशको संसदीय दलको नेतामा पाण्डे
नेकपा (एकीकृत समाजवादी) पार्टी बागमती प्रदेशको संसदीय दलको पहिलो बैठकले संसदीय दलको नेतामा राजेन्द्र पाण्डेलाई चयन गरेको छ ।
आइतबार प्रदेशसभा सचिवालयमा आधिकारिक रुपमा निर्वाचन आयोगको दल कायम रहेको पत्र दर्ता भएलगत्तै नेकपा समाजवादीको पहिलो संसदीय बैठक बसेर दलको नेतामा पाण्डेलाई चयन गरेको हो ।
बागमती प्रदेशसभा सचिवालयमा बसेको उक्त बैठकले संसदीय दलको विधान समेत पारित गरेको छ ।
सो बैठकले बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नगर्ने निर्णय समेत गरेको छ ।
नेकपा एमालेको विभाजन पछि बागमती प्रदेशसभाका १३ जना सांसदहरुले एमाले त्यगेर नेकपा समाजवादीमा आवद्ध भएका थिए ।
मुख्यमन्त्री शाक्यलाई आफ्नो समर्थन नरहेका भन्दै एमालेलाई जानकारी समेत गराइएको नेकपा समाजवादीका बागमती प्रदेश संसदीय दलका नवनियुक्त नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
नेकपा एसले प्रदेशसभामा प्रवेश पाए लगत्तै संसदीय दलको सो निर्णयले बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेकी मुख्यमन्त्री शाक्य आधिकारिक रुपमा अल्पमतमा परेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण