बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा समाजवादी बागमती प्रदेशको संसदीय दलको नेतामा पाण्डे

मुख्यमन्त्रीलाई समर्थन नगर्ने
आइतबार, २७ भदौ २०७८, १७ : ०६
आइतबार, २७ भदौ २०७८

नेकपा (एकीकृत समाजवादी) पार्टी बागमती प्रदेशको संसदीय दलको पहिलो बैठकले संसदीय दलको नेतामा राजेन्द्र पाण्डेलाई चयन गरेको छ । 

आइतबार प्रदेशसभा सचिवालयमा आधिकारिक रुपमा निर्वाचन आयोगको दल कायम रहेको पत्र दर्ता भएलगत्तै नेकपा समाजवादीको पहिलो संसदीय बैठक बसेर दलको नेतामा पाण्डेलाई चयन गरेको हो ।  
बागमती प्रदेशसभा सचिवालयमा बसेको उक्त बैठकले संसदीय दलको विधान समेत पारित गरेको छ । 

सो बैठकले बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नगर्ने निर्णय समेत गरेको छ । 
नेकपा एमालेको विभाजन पछि बागमती प्रदेशसभाका १३ जना सांसदहरुले एमाले त्यगेर नेकपा समाजवादीमा आवद्ध भएका थिए । 

मुख्यमन्त्री शाक्यलाई आफ्नो समर्थन नरहेका भन्दै एमालेलाई जानकारी समेत गराइएको नेकपा समाजवादीका बागमती प्रदेश संसदीय दलका नवनियुक्त नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
नेकपा एसले प्रदेशसभामा प्रवेश पाए लगत्तै संसदीय दलको सो निर्णयले बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेकी मुख्यमन्त्री शाक्य आधिकारिक रुपमा अल्पमतमा परेकी छिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप