प्रशंसकले जेनिफर लोपेजसँग फोटो खिच्ने कोसिस गरे, प्रेमीले धक्का दिए (भिडियो)
जेनिफर लोपेज र बेन एफ्लेक आजकाल आफ्नो सम्बन्धका कारण खबरमा छाइरहेका छन् । यी दुईलाई हालै भेनिस फिल्म फेस्टिबलमा देखिएको थियो । शुक्रबार यी दुईले फेस्टिबलको रेड कार्पेटमा वक गरेका थिए । यतिबेला यी दुईको रोमान्स देख्न पाइयो ।
जेनिफर र बेन रोमान्टिक अन्दाजमा रेड कार्पेटमा उत्रिएका थिए । यी दुईले एक–अर्कालाई चुम्बन पनि गरे । यतिबेलाको भिडियो र फोटो निकै चर्चितसमेत भइरहेका छन् ।
जेनिफ र बेन, अभिनेताको फिल्म ‘द लास्ट डुअल’ को प्रिमियरका लागि भेनिस फिल्म फेस्टिबलको रेड कार्पेटमा उत्रिएका थिए ।
वेनिस फिल्म फेस्टिबलमा उपस्थिति जनाएपछि शनिबार जेनिफर र बेन त्यहाँबाट बिदा भए । यद्यपि, वेनिस विमानस्थलमा यी दुईले एक प्रशंसकसँग जुध्नु पर्यो । जेनिफर र बेन हात समातेर विमानस्थल परिसरमा हिँडिरहेको देखिए । तर बीचमा एक प्रशंसक आए ।
विमानस्थलमा हिँड्दै गर्दा प्रशंसकले जेनिफर लोपेजसँग अचानक फोटो खिच्ने कोसिस गरे । यस्तोमा बेनले उनलाई पछाडि धकेल्दै उनलाई यसो गर्नबाट रोके । प्रशंसकले जेनिफरको सुरक्षा घेरालाई तोड्दै यसो गर्ने कोसिस गरेका थिए जुन सही थिएन ।
प्रशंसकको यस्तो व्यवहार देखेर जेनिफर पछि हटिन् र बेनको पछाडि बसिन् । यस्तै बेनले ती व्यक्तिको छातीमा हात राखेर उनलाई रोके । यस्तोमा उनका सुरक्षाकर्मीले ती व्यक्तिलाई समाए । यतिबेलाको भिडियो सोसल मिडियामा निकै छाएको छ ।
यतिबेला बेन एफ्लेक निलो रङको सर्ट र निलो जिन्समा देखिए जबकी जेनिफर लोपेज ह्वाइट पोल्का डट ड्रेस र कालो हिलमा देखिएकी थिइन् । यी दुईका थुप्रै भिडियो र फोटो निकै भाइरल भइरहेका छन् ।
स्मरण रहोस्, बेन एफ्लेक र जेनिफर लोपेजले १८ वर्षपछि भेनिस फिल्म फेस्टिबलको रेड कार्पेटमा उपस्थिति जनाएका थिए । एक जोडीको रुपमा यो दुईको पहिलो ठूलो अपियरेन्स थियो । जेनिफर र बेनले आफ्नो सम्बन्धलाई अहिलेसम्म गोप्य राखेका थिए । यद्यपि, जेनिफरले आफ्नो ५२ औं जन्मदिनमा बेनसँग आफ्नो सम्बन्धलाई इन्स्टामार्फत् सार्वजनिक गरेकी थिइन् ।
यसअघि जेनिफर लोपेज र बेन एफ्लेक सन् २००२ मा सँगै थिए । सन् २००३ मा यी दुई पहिलो पटक एक जोडीको रुपमा भेनिस फिल्म फेस्टिबलको रेड कार्पेटमा उत्रिएका थिए । त्यतिबेला यी दुईले आफ्नो फिल्म गिगलीको प्रिमियर अटेन्ड गरेका थिए । त्यसताका उनीहरुको इन्गेजमेन्ट पनि भइसकेको थियो । यद्यपि, सन् २००४ मा यी दुई अलग्गिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?