याडिया इलेक्ट्रिक स्कुटरले ल्यायो दशैं अफर, २५ हजारसम्मको नगद छुट

काठमाडौं । याडियाका प्रिमियम इलेक्ट्रिक स्कुटरले दशैंको अवसर पारेर छुट योजना सार्वजनिक गरेको छ । याडियाको आधिकारीक विक्रेता कुजु नेपालले याडिया इलेक्ट्रिक स्कुटरको खरिदमा २५ हजार नगद छुट र २ वटा हेलमेट निःशुल्क दिने योजना ल्याएको जनाएको हो ।
कुजु नेपालका सञ्चालक उमिद श्रेष्ठले विद्युतीय सवारी साधनमा ग्राहकको राम्रो आकर्षण रहेको समयमा प्रिमियम स्कुटरमा राम्रो छुट अफर गरेको बताए ।
कम्पनीले यस बाहेक स्कुटर किन्ने ग्राहकलाई २ हजार रुपैयाँ बराबरको फुड भौचरको साथै, व्याज नलाग्ने स्कीम पनि दिएको छ । जसमा कर्जा लिएको रकममा कुनै अतिरिक्त व्याज लाग्ने छैन । एक वर्षको सडक दस्तुर, एक्सचेन्ज सुविधा र सहज फाइनान्स सेवा ग्राहकले पाउने कम्पनीले जनाएको छ ।
कुजु नेपाल प्रालिले अहिले विभिन्न ४ भेरियन्टमा इलेक्ट्रीक स्कुटर विक्री गर्दै आएको छ । कम्पनीले बिक्री गर्ने स्लाइक सिंगल व्याट्री भएको मोडलको २ लाख ३० हजार रुपैयाँ तोकेको छ । लाइक मोडलकै डबल व्याट्री भेरियन्टको ३ लाख १० हजार रुपैयाँ रहेको छ भने याडिया जी ५ को ३ लाख ३० हजार तोकेको छ ।
कम्पनीले सी.वान.एस. मोडलको ३ लाख ५० हजार रुपैयाँ तोकेको छ । कम्पनीले सबै स्कुटरको व्याट्री र मोटरमा २ वर्ष र चार्जरमा एक वर्षको वारेन्टी प्रदान गरेको पनि जनाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नरको आशाले उचालियो सेयर बजार, ३७ अंकले बढ्दा ८२ अंकको उतारचढाव
-
अपडेट : आईपीएल एक साताका लागि स्थगित
-
भारतमा घट्दा पाकिस्तानमा बढ्यो सेयर बजार
-
बागमती प्रदेश निर्माण व्यवसायी महासङ्घद्वारा १० बुँदे मागपत्रसहित मुख्यमन्त्री कार्यालयमा निवेदन
-
सागर एक्लैले पाँच विकेट लिएपछि पुलिस स्कुलले सजिलै हरायो रत्नराज्यलाई
-
नेपालमा नोबेल ब्रान्डको लन्च