बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस काउन्सिलका अध्यक्षसहित तीन पत्रकार सम्मानित

आइतबार, २७ भदौ २०७८, १६ : ०९
आइतबार, २७ भदौ २०७८

दोलखाबाट प्रतिनिधित्व गर्दै मिडिया क्षेत्रमा राष्ट्रियस्तरमा पुग्न सफल भएका प्रेस काउन्सिलका अध्यक्षसहित जिल्लाका तीन पत्रकार आज सम्मानित भएका छन् । सम्मानित हुनेमा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, प्रेस काउन्सिलका सदस्य चिरञ्जीवी मास्के र नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रमेश खतिवडा रहेका छन् । दोलखामा जन्म भई पत्रकारिता क्षेत्रमा उच्च स्थानमा पुग्न सफल भएका र पत्रकारिता क्षेत्रबाट जिल्लामा गर्नुभएको योगदानको प्रशंसा गर्दै चरीकोट मिडिया फाउन्डेसन तथा हुराडेक नेपालले सम्मान गरेको हो । 

प्रेस काउन्सिलका अध्यक्ष बस्नेतले काउन्सिलको नीति नियमअनुसार आफूले प्रतिबद्ध भएर काम गर्ने बताए । कार्यक्रममा प्रेस काउन्सिलका सदस्य मास्के र दिपक पाण्डे, प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, प्रेस चौतारी नेपालका वाग्मती प्रदेश संयोजक शरदचन्द्र सापकोटा, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रमेश खतिवडाले शुभकामना व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप