सांसद पाण्डेय र भट्टको पक्षमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टलाई कारवाही नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश मीरा खड्काले अन्तरिम आदेशका लागी भदौ २९ मा छलफलमा बोलाउन आदेश गर्दै अल्पकालीन अन्तरिम आदेश गरेकी हुन् ।
पाण्डेय र भट्टले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । माधव नेपाल नेतृत्वको पार्टी दर्ताका लागी निवेदन दिँदा हस्ताक्षर नगरेका उनीहरुले सनाखत गर्न पछि निवेदन दिएका थिए । निर्वाचन आयोगले उनीहरुलाई सनाखत गराएको थिएन । सो मुद्दामा अदालतले निर्वाचन आयोगमा नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
समाजवादीमा सनाखत गर्न नपाउँदा सांसद पद गुम्ने भएपछि उनीहरु भदौ २३ मा अदालतमा पुगेका थिए । उनीहरुले रिटमा एकीकृत समाजवादीमा विवरण अद्यावधिक गराउन ब्यवस्था गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण