शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दिल्लीमा उपचाररत मानव अधिकारवादी नेता कृष्ण पहाडीको स्वास्थ्यमा सुधार

आइतबार, २७ भदौ २०७८, १६ : ०२
आइतबार, २७ भदौ २०७८

भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारत मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

बिभिन्न स्वास्थ्य समस्याबाट ग्रसित भएपछि एक सातादेखि दिल्लीका उपचारत रहेका  छन् ।

मानव अधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनालले पहाडीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको रातोपाटीलाई बताए ।

उनले पहाडीको पूर्णरुपले स्वास्थ्य लाभ हासिल गर्न केहीदिन अझै लाग्ने जानकारी दिए । पहाडीमा नाकको हड्डी तथा पेटमा अल्सरको समस्या देखिएको थियो ।

पहाडीको उपचार प्रभावकारी ढंगले भैरहेको र छिट्टै स्वास्थ्य समस्या समाधान भै फर्किने खनालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप