‘बडा दशैँको लहर ओपोको अफर’ उपहार योजना सार्वजनिक
काठमाडौं । ओपोले दशैंको अवसर पारेर ‘बडा दशैंको लहर ओपोको अफर’ विशेष उपहार योजनाको घोषणा गरेको छ । उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर ओपोका स्मार्टफोन लगायत आईओटी उत्पादनहरु खरिद गरी योजनामा सहभागिता जनाई विभिन्न आकर्षक उपहारहरु जित्ने अवसर प्राप्त गर्नेछन् ।
सहभागीहरू मध्येबाट हरेक हप्ता लक्की ड्र मार्फत छनोटमा परेका विजेताहरूले ओपो एफ१९ प्रो, ओपो एफ१९, ओपो ब्याण्ड, ओपो डब्लु ५१, ओपो डब्लु ११ लगायत अन्य आकर्षक उपहारहरू जित्न सक्नेछन् । विजेताहरूको घोषणा ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजहरू मार्फत गरिने कम्पनीले जनाएको छ ।
ओपो नेपालका ब्रान्ड डिरेक्टर पियरसन शेनले ग्लोबल कम्पनीका रुपमा ओपोले सधैं नै स्थानिय करणमा विश्वास गर्दै आइरहेको छ । उनले नेपालीहरुको महान चाड बडा दशैंको अवसर पारेर उपभोक्तासँग खुशी साट्दै मनाउने सोचका साथ ‘बडा दशैंको लहर ओपोको अफर’ उपहार योजनाको घोषणा गरेको बताए ।
क्याम्पेन अवधिभर कुनैपनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्नेछन् । सहभागिताका लागि उपभोक्ताले ओपो नेपालको साइटमा सिधै लगअन वा क्यूआर कोड स्क्यान गरी क्याम्पेन पेजमा पुगेर त्यहाँ मागिएका जानकारीहरु उपलब्ध गराउनु पर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चद्वारा एमाले जग्गा विवादसम्बन्धी रिट खारेज
-
‘दुःखी आत्मा’ को फष्टलुक्समा दयाहाङ, आँचलदेखि आशान्तसम्म
-
बेचन झा र प्रतिक थापालाई थुनामै पठाउन उच्च अदालतको आदेश
-
मस्कले साँच्चै दिन लागेका हुन् २ करोड डलर क्रिप्टो दान ?
-
अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान
-
नेपालमै अन्तःशुल्क स्टिकर छाप्ने परिस्थिति निर्माण गर्छौं : मन्त्री गुरुङ