शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बाँके र बर्दियामा भएका सडक दुर्घटनामा २ जनाको मृत्यु

आइतबार, २७ भदौ २०७८, १० : ००
आइतबार, २७ भदौ २०७८

बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–३ डिस्कोरियन टोलमा प्रदेश ०२–२६ प ५५३७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दिया बढैयाताल गाउँपालिका–८ सितलाबजार बस्ने २१ वर्षीय वसन्त पौडेल रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपालगञ्ज नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै बर्दियाको गुलरियामा भएको दुर्घटनामा पनि एक जनाको ज्यान गएको छ । शनिबार राति गुलरिया नगरपालिका–४ तुलसीपुरमा भे १ त ३६९८ नम्बरको ट्याक्टरले भे ६ प ६७०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो  ।

मृत्यु हुनेमा सोही नगरपालिका–४ बेतईपुर बस्ने ४३ वर्षीय गुलगुल थारु रहेका छन् ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्याक्टर चालकलाई  भने प्रहरीले  नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप