शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हाइड्रोमा पुनः छलाङ, नेप्से परिसूचक ७१ अङ्कले बढ्यो

आइतबार, २७ भदौ २०७८, १५ : ३७
आइतबार, २७ भदौ २०७८

आइतबार सेयर बजार परिसूचक नेप्सेमा ७१ अङ्कमाथिको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक अधिकतम ७१.४३ अङ्कले बढेर दुई हजार ९४७. ४२ विन्दुमा पुगेको हो । गत बिहीबार यस्तो सूचक ६० अङ्कले घटेर दुई हजार ८७६ विन्दुमा झरेको थियो ।

त्यसो त साताको पहिलो कारोबार दिन समेत रहेको यस दिन ‘क’ वर्गका ठुला कम्पनीहरूको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १३ अङ्कले बढेर ५४८.२९ विन्दुमा पुगेको छ । 

यस दिन म्युचुअल फण्ड बाहेकका सबैजसो उपसमूहहरू धनात्मक हुँदा एकै दिन दर्जन बढी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

यस दिन हाइड्रो समूहको सबै भन्दा बढी अधिकतम ६.३७ प्रतिशतले सूचकमा वृद्धि भएको छ भने, विकास बैङ्कको ५.१३ प्रतिशतले, म्यानु एण्ड प्रोको ४.५१ प्रतिशतले र फाइनान्स समूहको ४.०८ प्रतिशतले वृद्धि भएको छ । 

कुल २३१ कम्पनीका १ करोड ७१ लाख कित्ता माथिको सेयर बजारमा किनबेच हुँदा यस दिन ९ अर्ब ४४ करोडको कारोबार भएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप