मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुखले बोलाए सर्वदलीय बैठक

आइतबार, २७ भदौ २०७८, १५ : ३५
आइतबार, २७ भदौ २०७८

सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । सापकोटाले सोमबारका लागि बैठक बोलाएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।

एमाले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरिरहेको बेला सहमतिको प्रयासस्वरुप सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् । 
बैठक भोलि दिउँसो साढे २ बजे बस्ने बताइएको छ । 

यसैबीच गृहमन्त्री खाँणले सरकार प्रतिपक्षी दलसँग वार्ता र छलफलबाट समस्याको निकास खोज्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।

एमालेले अवरोध गरेपछि सभामुखले मंगलबारसम्मका लागि प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन् भने त्यसअघि सहमतिको पहल भएको हो।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप