बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध, एमाले सांसदद्वारा नाराबाजी

आइतबार, २७ भदौ २०७८, १४ : ४८
आइतबार, २७ भदौ २०७८

प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ । एमाले सांसदहरुले सभामुखविरुद्ध नाराबाजी गरी सदन अवरुद्ध गरिरहेका छन् । आजै बसेको प्रतिनिधिसभाको पहिलो बैठक पनि एमालेले अवरुद्ध पारेको थियो । 

 पहिलो बैठक अवरुद्ध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । यो बीचमा उनले सभाको अवरोध हटाउन छलफल समेत गरेका थिए ।  

उनले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, एमाले सांसद खगराज अधिकारी लगायतसँग छलफल गरे पनि सहमति जुटेन । एमाले सांसदहरुले संयमित भएर संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र बन्द गर जस्ता नारा लगाइरहेका छन् ।

पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले सदन अवरुद्ध पार्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप