आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

प्रमुख भन्सार बिन्दुहरुमा भेइकल स्क्यानर जडान गर्न अर्थमन्त्रीको निर्देशन

आइतबार, २७ भदौ २०७८, १४ : ०८
आइतबार, २७ भदौ २०७८

अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार बिन्दुहरुमा यथाशीघ्र भेइकल स्क्यानर जडान गर्न निर्देशन दिएका छन् ।

भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका हुन् ।  भेइकल स्क्यानर जडान भएपछि भन्सार बिन्दुमा आउजाउ गर्ने सवारी साधनमा लोड भएका मालवस्तु ‘म्यानुअल्ली’ चेकजाँच गर्नुपर्दैन । उनले मालवस्तुको वर्गीकरण र मूल्याङ्कनमा इमान्दारीता कायम गरी राजश्व संकलन वृद्धि गर्न कर्मचारीहरुलाई आग्रह गरे ।

कार्यक्रममा अर्थसचिव मधु कुमार मरासिनीले भन्सार प्रशासनले तीन ‘स’ को अवधारणामा काम गर्न आग्रह गरे ।  सुधार, सहजीकरण र सुशासनको अवधारणालाई आत्मसात गरी काम गर्नुपर्नेमा जोड दिए ।

राजश्व सचिव कृष्णहरि पुष्करले सेवाग्राहीले कर्मचारीको इमानदारितामाथि कुनै पनि प्रकारका प्रश्न उठाउन नसक्ने गरी काम गर्न निर्देशन दिए । उनले सेवाग्राहीका गुनासाहरूलाई तत्काल सम्बोधन गर्नेगरी काम गर्नुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगहरुको संरक्षण र प्रोत्साहन गर्नेगरी नीति आएकोमा सरकारलाई धन्यवाद दिए ।

भन्सार विभागका महानिर्देशक नारायण प्रसाद सापकोटाले लक्ष्यअनुसारको राजश्व संकलन गरिने प्रतिवद्धता व्यक्त गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप