शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मुलकोटमा दिगोको विद्युतीय सवारी चार्जिङ स्टेशन

आइतबार, २७ भदौ २०७८, १३ : २६
आइतबार, २७ भदौ २०७८

काठमाडौं । विद्युतीय सवारी दिगोका लागि दिगो ग्रुप अफ कम्पनीले सुनकोसी गाउँपालिकाको मुल कोटमा चार्जिङ स्टेशन संचालनमा ल्याएको छ । 

दिगोले आफ्नो चार्जिङ स्टेशनलाई ‘दिगो चार्ज प्वाइन्ट’ ब्रान्ड नाम दिएको छ । अहिले मुलकोटमा ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जर जडान गरिएको छ । यो चार्जरले बिपी राजमार्गमा चल्ने विद्युतीय सवारी साधनलाई सेवा दिनेछ । 

उक्त रुटमा विद्युतीय सवारी साधनको चाप बढेपछि चार्जरको क्षमता बढाउन सकिने कम्पनीले जनाएको छ । स्टेशन उद्घाटन कार्यक्रममा सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने तथा नेपाल विद्युत प्राधिकरण खुर्कोट शाखा प्रमुख संगीता थापा मगरको उपस्थिति रहेको थियो । 

दिगो ग्रुप अन्तर्गतको एन.ई.भी. नेपालका सी.ई.ओ. दिपक थापाले प्राधिकरण शाखा प्रमुख एवं प्रमुख प्रशासकीय अधिकृत, समितिका अध्यक्ष एवं व्यवसायी तथा होटेल सञ्चालक राम हरि पौडेलबाट संयुक्त रूपमा सो चार्जिङ स्टेसनको उद्घाटन गरे ।

अहिले काठमाडौं–सिन्धुली रुटमा दिगोबाट बिक्री गरिएका विद्युतीय माइक्रो बसहरु संचालनमा रहेका छन् । डिएफएसके ब्रान्डको सो विद्युतीय सवारी साधन २५० किलोमिटर रेन्ज भएको ११ सिटको माइक्रो बस हो । 

मुलकोटको फास्ट चार्जर पर्याप्त पार्किङ सुविधा भएको होटल परिसरमा जडान गरिएको बताइएको छ । दिगोले यस्ता चार्जरहरु मुलुकका विभिन्न स्थानमा जडान गर्ने योजना बनाएको जनाएको छ । निकट भविष्यमै पृथ्वी राजमार्गको कुरिनटारमा चार्जिङ स्टेशन जडान गर्ने कम्पनीको योजना रहेको पनि बताएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप