शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१८ वर्षीया एम्माले अन्त्य गरिन् बेलायतको ४४ वर्षको खडेरी

आइतबार, २७ भदौ २०७८, १३ : ०७
आइतबार, २७ भदौ २०७८

एम्मा राडुकानुले यूएस ओपनको उपाधिमा कब्जा जमाउँदै महिला ग्रान्ड स्लाम सिंगल प्रतियोगिता जित्ने ४४ वर्षको प्रतीक्षा अन्त्य गरेकी छन् । १८ वर्षीया टेनिस खेलाडीले १९ वर्षीया क्यानेडाली प्रतिद्वन्द्वीलाई ६–४, ६–३ ले हराउँदै उपाधि जितेकी हुन् ।

उपाधि जितेसँगै उनी मैदानमा लडेर खुसीयाली मनाएकी थिइन् । सन् १९७७ मा भर्जिनिया वेडले विम्बल्डन जितेपछि राडुकानु ग्रान्ड स्लाम जित्ने पहिलो बेलायती महिला खेलाडी हुन् ।

राडुकानु यूएस ओपनको डेब्यूमा नै फाइनलमा पुग्ने चौथो खेलाडी पनि बनेकी छन् । वियांका एन्ड्रीस्कुपछि डेब्यूमा उनले उपाधि पनि जित्न सफल भइन् ।

सन् १९७५ पछि १०० भन्दा माथि वरियतामा भएका कुनै पनि महिला खेलाडी फाइनलमा नपुगेको यो पहिलो अवसर थियो । सन् १९९९ पछि पहिलोपटक फाइनलमा दुवै खेलाडी किशोरी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप