गृह मन्त्रालयको मूल्याङ्कन : पर्वत उत्कृष्ट जिल्ला
![गृह मन्त्रालयको मूल्याङ्कन : पर्वत उत्कृष्ट जिल्ला](https://rpcdn.ratopati.com/media/albums/griha-mantralaya-home-minst_R2gSt5x8Wo.jpg)
गृह मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत ‘ए ग्रेड’ मा परेको छ । विभिन्न ६ वटा विषयगत क्षेत्र समेटेर गरिएको मूल्याङ्कनमा पर्वत उत्कृष्ट १४ जिल्लाभित्र पर्न सफल भएको हो ।
गृह मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाले शान्तिसुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वय/सदाचारसँगै आर्थिक अनुशासन क्षेत्र समेटर कार्यसम्पादन मूल्याङ्कन गरेको थियो ।
यसरी मापन गरिएका आधारमा झापा, अर्घाखाँची र रुकुम पूर्व सर्वोत्कृष्ट अङ्क हासिल गरी ‘ए प्लस’ ग्रेडमा पर्न सफल भएका छन् भने ललितपुर, रुकुमपश्चिम, गुल्मी, स्याङ्जा र पर्वतलगायतका १४ जिल्ला ‘ए ग्रेड’मा पर्न सफल भएका छन् ।
त्यस्तै कार्यसम्पादनको उत्तमस्तरमा मनाङ, नवलपुरलगायत १८ जिल्ला समावेश भएका छन् भने मध्यमस्तरमा २१ र न्यूनस्तरमा २१ जिल्ला समावेश भएका छन् । न्यूनस्तरमा काठमाडौँ जिल्ला प्रशासन कार्यालय पनि समावेश भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
५० लाख नगद र १६९ ग्राम सुनसहित ५ जना पक्राउ
-
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने
-
यस्तो छ एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कमिटी (नामसहित)
-
जसपाले लियो सरकारबाट समर्थन फिर्ता, मन्त्रीद्वारा राजीनामा
-
कोशी प्रदेशस्तरीय महिला फुटबल : इलाम र ताप्लेजुङ सेमिफाइनलमा प्रवेश