संखुवासभा हत्याकाण्ड : हत्यालगत्तै आरोपीले चिर्पट जलाएका थिए
संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारको ६ जनाको हत्यामा संलग्न आरोपीले हत्यालगत्तै दाउराको चिर्पट जलाएको खुलासा भएको छ । हत्यामा संलग्न आरोपी लोक बहादुर कार्कीले ६ जनाको हत्या गरेपछि हत्यामा प्रयोग भएको चिर्पट बालेको प्रहरीसमक्ष बयान दिएका छन् ।
आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरीले यसबारे जानकारी गराएको हो । घटनाको अनुसन्धानमा खटिएका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का एक अधिकृतका अनुसार आरोपीले ६ जनालाई आक्रमण गरी घर गएलगत्तै हत्यामा प्रयोग भएको चिर्पट बालेका थिए । प्रमाण नष्ट गर्ने उद्देश्यका साथ चिर्पट बालेको पाइएको ती अधिकृतले बताए ।
घटनामा संलग्न भनिएका आरोपी ३ पटक वैदेशिक रोजगारीमा पनि गएको तर लामो समय काम गर्न नसकी नेपाल फर्किएका थिए ।
घटनामा संलग्न आरोपीका अनुसार आफूलाई मृतक तेज बहादुरले पटकपटक गाली गर्ने गरेको, घरमा धेरै ऋण लागेको तर पैसा कमाउन नसकेको, जीवनदेखि हार मानेको र हीनताबोध भएको कारण तेजबहादुरप्रति रिस साँधी हत्या गरेको बताएका छन् ।
घटनामा जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदी, केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी रुगम कुँवर र प्रदेश प्रहरी कार्यालयका इन्सपेक्टरको टोली अनुसन्धानका लागि खटिएको थियो । आरोपीले सिआइबीका अनुसन्धान टोली समक्ष आफ्नो अपराध कबुल गरेको थियो ।
आरोपीलाई आइतबार इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
